सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालको भूमिमा भारतको बाटो : सङ्घर्षमा उत्रन महासङ्घको आह्वान


  •    न्युजभित्तो/१ माघ २०७८, शनिबार १६:१४ 
  • काठमाडौं,१ माघ।  अखिल नेपाल जनसांस्कृतिक महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकसम्म बाटो बनाएको भनी केही दिन अगाडि दिएको सार्वजनिक अभिव्यक्तिको निन्दा र भर्त्सना गरेको छ ।

    सङ्गठनका अध्यक्ष जगदीश चन्द्र तथा महासचिव हिरामणि दुःखीको संयुक्त हस्ताक्षरमा जारी वक्तव्यमा भनिएको छ–‘ हालै मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक कार्यक्रममा नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप हुने गरी तिब्बतको मानसरोवर पुग्नका लागि नेपालको भूभागमा पर्ने लिपुलेकसम्म सडक विस्तार भइसकेको भनी दिएको अभिव्यक्ति प्रति हाम्रो सङ्गठनको ध्यानाकर्षण भएको छ र उक्त कार्यको हाम्रो सङ्गठन तीव्र निन्दा एवम् घोर भर्त्सना गर्दछ ।’ भारती शासक वर्गले यस अघि पनि नेपालको दर्जनौँ ठाउँको भूभाग मिचेको र नेपालमाथि अनेकौँ प्रकारले गरिएको हस्तक्षेपको पनि विरोध गरेको छ ।

    भरखरै मात्र सङ्गठनको केन्द्रीय समितिको बैठकका निर्णयहरूबारे जानकारी गराउन जारी गरिएको वक्तव्यमा नेपालको संसद्बाट पारित गर्न र गराउन लागिएको राष्ट्रघाती एमसीसी सम्झौताको पनि कडा रूपमा विरोध गरेको जनाएको छ । उसले यसप्रकारका राष्ट्रघाती सम्झौता तथा नेपालमाथि भइरहेको वैदेशिक हस्तक्षेपका विरुद्ध सम्पूर्ण संस्कृतिकर्मीहरू एकजुट भएर विरोधमा उत्रन आह्वान पनि गरेको छ । वक्तव्यमा नेपालमा भइरहेको वर्तमान सरकारद्वारा सिर्जित बेरोजगारी, भ्रष्टाचार, कमिशनतन्त्र, दिनहुँ जसो आकशिँदै गएको महँगी र कालो बजारीबाट आक्रान्त नेपाली जनताको दैनिक जीवन झन् झन् कष्टकर हुँदै गएको जनाउँदै त्यसका विरुद्ध सशक्त रूपमा प्रतिरोधमा उत्रनुपर्ने जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनका छ पालिकाबाट कर दाता सेवा केन्द्र, के-के पाईन्छ सेवा ?
    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    • सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.