सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खेलाडीलाई कोरोना संक्रमणको आशंकामा पुलिस र प्रदेश १ बीचको खेल स्थगित


  •    न्युजभित्तो/१ माघ २०७८, शनिबार १३:४० 
  • काठमाडौं,१ माघ। प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार तय भएको नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल स्थगित भएको हो ।

    समूह ए अन्तर्गत पुलिस र प्रदेश१ बीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट क्रिकेट मैदानमा शनिबार बिहान शुरु हुने तालिका थियो ।

    तर प्रदेश १ टिमका खेलाडीमा कोरोना संक्रमणको आशंका भएपछि यो खेल स्थगित गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानका अनुसार अब खेलाडी टिम व्यवस्थापनका सदस्यको कोरोना संक्रमण परीक्षणपछि मात्र खेलबारे निर्णय हुनेछ ।

    पुलिस समूह ए मा लगातार तीन खेल जित्दै विजेताको रुपमा सेमिफाइनल प्रवेश गरिसकेको छ । दुई खेल खेलेको प्रदेश १ ले भने १ अंक मात्र जोडेको छ । सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न प्रदेश १ ले अब खेल्न बाँकी दुबै खेल फराकिलो अन्तरले जित्नुपर्ने आवश्यकता छ ।

    शनिबारै हुने तय भएको बागमती र गण्डकीबीचको दोस्रो खेल भने निर्धारित समयमा हुने क्यानले जनाएको छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.