सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माघे संक्रान्ति सांस्कृतिक उत्तम उदाहरण : सभामुख सापकोटा


  •    न्युजभित्तो/१ माघ २०७८, शनिबार ११:१७ 
  • काठमाडौँ,१ माघ । सभामुख अग्निप्रसाद सापकोटाले माघी-माघे सङ्क्रान्ति नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधताको उत्तम उदाहरण भएको बताएका छन् । उनले भनेका छन्, “विविधतासँग जोडिएर आएका संस्कृति, मुल्य र मान्यता हाम्रा मौलिक विशेषता हुन् । यस्ता पर्वहरूले हाम्रो नेपालीपनको रक्षा गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।”

    सभामुखले २०७८ सालको माघी/माघे सङ्क्रान्ति पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै कोरोना भाइरसको सङ्क्रमण बढ्ने क्रममा रहेकाले यो पर्व मनाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउनुहुन अपिल गरेका छन् ।

    थारु समुदायले यस पर्वलाई ‘माघी’का रूपमा मनाउँछन् । थारुको यो नयाँ बर्ष आरम्भ पनि हो । मगर समुदाय लगायतले यस पर्वलाई माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) का रूपमा मनाउने गर्दछन् । एकै दिन एउटै पर्वलाई भिन्नभिन्न भेग र समुदायमा फरक ढङ्गले मनाउने चलनकै कारण यसको फरक विशेषता र महत्व रहेको छ ।

    यो पर्वलाई घिउ, चाकु, तिलको लड्डु, तरुल लगायत विभिन्न परिकार खाने दिनका रूपमा पनि लिइन्छ । सभामुखले यस पर्वले आपसी सद्भाव, आत्मीयता र एकता कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.