सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बन्दिपुरमा जीप दुर्घटनाः नौ महिने शिशुसहित ६ जनाको मृत्यु, ८ घाइते


  •    न्युजभित्तो/१ माघ २०७८, शनिबार १०:५३ 
  • तनहुँ, १  माघ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटिया भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । बन्दीपुर अस्पतालका अनुसार ज्यान गुमाउनेमा ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ४२ वर्षीया सुशीलादेवी न्यौपाने, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ७६ वर्षीया भीममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेका छन् । विममाया र सुकबहादुरको अस्पताल ल्याउदै गर्दा बाटोमा र अन्य चार जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

     

    घुमाउनेबाट धरमपानी आउदै गरेको ग १ ज ६५५५ नम्बर जिप सडकबाट अन्दाजी एक सय मिटर तल खस्दा दुर्घटना भएको हो । शुक्रबार राति साढे ८ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

    घाइते सबैको बन्दीपुर अस्पतालमा सामान्य उपचारपश्चात थपको उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जिपको चालक सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनका छ पालिकाबाट कर दाता सेवा केन्द्र, के-के पाईन्छ सेवा ?
    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    • सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.