सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया भाँडियो


  •    न्युजभित्तो/३० पुष २०७८, शुक्रबार १६:५७ 
  • काठमाडौँ,३० पुस । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया भाँडिएको छ । आज शुक्रबार बसेको हिमालयन बैंकको साधारण सभाको बहुमत सदस्यले मर्जरको विरुद्धमा मत राखेपछि यी दुई बैंक बीच हुने भनिएको मर्जर प्रक्रिया भाँडिएको हो ।

    आज शुक्रबार भएको हिमालयन बैंक सञ्चालक समितिको बैठकले इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने विशेष प्रस्ताव अस्वीकृत गरेसँगै दुई बैंकको मर्जर प्रक्रिया असफल भएको हो । मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको ९ महिनापछि यी बैंकको मर्जर प्रक्रिया तोडिएको हो ।

    राष्ट्र बैंकबाट मर्जरका लागि सैद्धान्तिक सहमति लिएपछि पनि मर्जर नगर्ने भएपछि हिमालयन बैंक राष्ट्र बैंक कारबाहीमा पर्ने भएको छ । लामो समयसम्म मर्जरका लागि भएको पहल अन्तिम समयमा आएर भाँडिएसँगै राष्ट्र बैंक दुबै बैंकसँग रुष्ट भएको हो ।

    यसअघि यी दुई वाणिज्य बैंकहरबीचको मर्जरका लागि भएको प्रयासमा सम्पति मूल्याङ्कनमा इन्भेष्टमेन्ट बैकको बढी र हिमालयन बैंकको कम मूल्यांकन गरिएको भन्दै विवाद हुँदै आएको थियो । मर्जर सम्बन्धी विनियमावली अनुसार राष्ट्र बैंकले हिमालयन बैंकलाई तीन वर्षसम्म थप शाखा खोल्न नदिनेसहित केन्द्रीय बैंकबाट प्रदान हुने सेवा सुविधा प्राप्त गर्न वा दुवैमा रोक लगाउन सक्नेछ ।

    बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को विविध व्यवस्थामा कारबाही सम्बन्धी व्यवस्था उल्लेख गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.