सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कालिका पावर कम्पनीले थप १८ मेगावाट विद्युत उत्पादन गर्दै


  •    न्युजभित्तो/३० पुष २०७८, शुक्रबार १६:२८ 
  • चितवन,३० पुस । कालिका पावर कम्पनी लिमिटेडले थप १८ मेगावाट विद्युत उत्पादन गर्ने भएको छ । गोरखाको अजिरकोट गाउँपालिका स्थित चनौटेमा ६ मेगावाट विद्युत उत्पादन गरिसकेको कालिका पावर कम्पनीले अजिरकोट र बारपार्क, सुलिकोट गाउँपालिका बिच भएर बग्ने दरौदी खोलाबाट थप १८ मेगावाट विद्युत उत्पादन गर्न लागेको हो ।

    ‘गोरखाको दरौदी खोलामा ९ दशमलव ८ र ८ दशमलव २ मेगावाटका दुई वटा प्रोजेक्ट सञ्चालन गर्दै छौँ,’ कालिका पावर कम्पनीका पुर्व सञ्चालक पदम गुरुङले भने, ‘यो परियोजना तीन बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य छ ।’ उनका अनुसार, यो परियोजना सम्पन्न गर्न ३ देखि साढे ३ अर्ब रुपैयाँ लाग्ने छ । हाइड्रोपावर निर्माणका लागि कम्पनीले शेयर आह्वान गर्ने उनले बताए ।

    ‘संस्थापक शेयर ७० प्रतिशत र राईट शेयर ३० प्रतिशत रहने गरि एक बर्ष भित्र शेयर खुलाउने तयारीमा छौँ,’ गुरुङले भने, ‘त्यसमा उद्योग प्रभावित क्षेत्रलाई १० प्रतिशत र सर्वसाधरण र कर्मचारीलाई २० प्रतिशत रहने गरि शेयरको आह्वान गरिन्छ ।’

    २०६४ सालमा स्थापना भएको यस कम्पनीले गोरखामा ६ मेगावाटको विद्युत उत्पादन गरिरहेको छ । सो पावर निर्माण गर्न १ अर्व ३८ करोड रुपैयाँ लागत लागेको कम्पनीले जनाएको छ । पाँच बर्षदेखि विद्युत बिक्रि गर्दै आएको छ । २०७३सालमा केन्द्रीय प्रसारण लाईनमा जोडिएको कालिका पावर कम्पनीले यस बर्षदेखि शेयर सदस्यलाई १५ प्रतिशत बोनस शेयर समेत दिन थालेको कम्पनीका सञ्चालक समितिका अध्यक्ष विक्रम पाण्डेले जानकारी दिए । कम्पनीको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ६० करोडको १५ प्रतिशत हुन आउने रकम ९ करोड रुपैयाँ बराबरको बोनस शेयर वितरणका लागि सञ्चालक समितिले स्वीकृत गरेको उनले बताए ।

    कालिका पावरमा संस्थापक शेयर ४२ लाख, उद्योग प्रभावित क्षेत्र ६ लाख र सर्वसाधरण र कर्मचारी शेयर १२ लाख कित्ता रहेको छ । यस कम्पनीको आम्दानी समेत बृद्धि भएको छ । २०७६÷७७मा ८ दशमलव ५२ प्रतिशेयर आम्दानी गरेको कालिका पावरले २०७७-०७८मा आउँदा १३ दशमलव ४३ प्रतिशत आम्दानी रहेको कम्पनीका सचिव किशोर कुमार डंगोलले जानकारी दिए । कम्पनीको शेयर पुँजी ६० करोड रुपैयाँ रहेकोमा यस बर्षको बोनस शेयर पश्चात कम्पनीको कुल शेयर ६९ करोड रुपैयाँ रहने डंगोलले बताए । कम्पनीमा ८ जना संस्थापक शेयर सदस्य रहेका छन् । उनीहरुको कुल पुँजी ४२ लाख कित्ता रहेको छ ।

    कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत १० लाखको लगानीमा झ्याल्फाँटमा समुदायको लागि मरणघाट बनाउने प्रकृया समेत अघि सारेको छ । त्यस्तै आयोजना स्थलको सामाजिक संस्थालाई एम्बुलेन्स खरिदका लागि सहयोग गर्ने लगायतका कार्यक्रम कम्पनीले राखेको छ ।

    यसैबिच कालिका पावर कम्पनीले नयाँ सञ्चालक समिति गठन गरेको छ । आज (शुक्रवार) भरतपुरमा भएको १४औँ बार्षिक साधरण सभाले विक्रम पाण्डेको अध्यक्षमा चार सदस्य सञ्चालक समिति गठन गरेको हो । सञ्चालक सदस्यमा पार्वती पाण्डे, युव बहादुर क्षेत्री, र ठाकुर प्रसाद ढकाल रहनुभएको छ । सात सदस्य सञ्चालक समिति रहने कम्पनीमा बाँकी तीन सदस्य अर्को बर्ष चयन गरिने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनका छ पालिकाबाट कर दाता सेवा केन्द्र, के-के पाईन्छ सेवा ?
    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    • सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.