सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पश्चिम चितवनका पत्रकारहरु संगठित, अध्यक्षमा अपिल घिमिरे


  •    न्युजभित्तो/२९ पुष २०७८, बिहीबार १६:०४ 
  • चितवन,२९ पुस । पश्चिम चितवनका पत्रकाहरु संगठित बनेका छन् । आज बिहीबार भएको पश्चिम चितवनका पत्रकारहरुको बृहत भेलाले २३ सदस्यीय पत्रकार मञ्च गठन गरेको हो ।

    भेलाले अपिल घिमिरेको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा अनिल भट्टराई र दीपा गौतम, सचिवमा हेमराज रिमाल, सहसचिवमा विवेक पोख्रेरल र विनिता श्रेष्ठ, कोषाध्यक्षमा रविन सुवेदी चयन हुनु भएको छ ।

    सदस्यहरुमा रामशरण गैरे, प्रकाश लामिछाने, हिरालाल आचार्य डायमण्ड, लक्ष्मी ढकाल, पुनम थापा मगर, सविता अधिकारी, समीर चापागाई, अविरल यात्री अधिकारी, देउबहादुर थापामगर, रमेश घिमिरे, किरण सापकोटा प्रेम, सुरज परियार, पुजा ढकाल, भानुभक्त रानाभाट, संगिता बानियाँ रहनु भएको छ । एक सदस्य कार्यसमितिले मनोनित गर्ने जनाईएको छ।

    केही दिन अघि गठित ११ सदस्यीय कार्यसमिति भंग गरिएको छ । पश्चिम चितवनमा बसोबास भएका वा सो स्थानबाट पत्रकारिता गर्नेहरु एक्यवद्ध बनेका हुन् । भेलामा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य बसन्त पराजुली, प्रेस चौतारीका केन्द्रीय सदस्य प्रतिमा सिलवाल, प्रेस चौतारीका प्रदेश सदस्य सविता श्रेष्ठ, प्रेस सेन्टर बागमती प्रदेश सचिव सन्तोष देवकोटा, पत्रकार महासंघ चितवनका उपाध्यक्ष प्रमिता ढकाल, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, उपाध्यक्ष सूर्य अधिकारी, कोषाध्यक्ष विप्लव काफ्ले, प्रेस चौतारी चितवनका सचिव मुकुन्द भुषाल, कोषाध्यक्ष बद्री अर्याल, प्रेस सेन्टर चितवनका सचिव रवि अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.