सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फरार प्रतिवादीलाई १७ वर्षपछि साउदी अरेबियाबाट ल्याइयो


  •    न्युजभित्तो/२९ पुष २०७८, बिहीबार १४:५६ 
  • काठमाडौँ, २९ पुस । कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका उदयपुरको बेलका नगरपालिका–६ का ४० वर्षीय गोविन्द मगरलाई साउदी अरेबियामा पक्राउ गरी स्वदेश ल्याइएको छ ।

    इन्टरपोलद्वारा ‘रेड नोटिस’ जारी भएका फरार मगरलाई साउदी अरेबियामा पक्राउ गरिएपछि प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा परिचालन भएको प्रहरी टोलीले बुधबार नेपाल ल्याएको हो । प्रतिवादी मगरले २०६१ मङ्सिर १३ गते मानबहादुर तामाङको हत्या गरेको मुद्दामा जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमतिप्राप्त भई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल महासचिवालयसँगको सहयोगमा खोजतलास गरेको थियो ।

    प्रतिवादी मगरलाई आवश्यक कानुनी कारबाहीका लागि उदयपुरको इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलालाई आज बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.