सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भलिबलको कुशल कमान्डर गुमायौँ : डा रावल


  •    न्युजभित्तो/२९ पुष २०७८, बिहीबार १४:४२ 
  • भजनी, २९ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावलले भलिबलका राष्ट्रिय प्रशिक्षक स्व ज्ञानेन्द्रबहादुर विष्टको निधनमा शोक प्रकट गर्नुभएको छ ।

    स्व विष्टको १३औँ दिनको पुण्यतिथिमा टीकापुर युवा क्लबद्वारा आयोजित श्रद्धाञ्जलिसभामा डा रावलले राष्ट्रले भलिबल खेलको एक कुशल कमान्डर गुमाएको बताउनुभयो । उहाँले राष्ट्रको पहिचानका लागि खेलकुदको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै त्यसमा स्व विष्टको योगदानलाई सबैले स्मरण गरिरहने बताउनुभयो । सुदुरपश्चिम खेलकुदका लागि उर्वरभूमि भएको सुनाउँदै उहाँले जुनसुकै खेलमा पनि सुदूरपश्चिमको प्रतिनिधित्व रहेको उल्लेख गर्नुभयो ।

    टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले स्व विष्ट टीकापुरमा भलिबल प्रशिक्षण एकेडेमी सञ्चालन गर्न तत्पर रहेको अवस्थामा उहाँको निधनपछि सो कार्य आफुहरुको काँधमा आएको बताउनुभयो । टीकापुर नगरपालिका–१ मा स्थायी बसोबास गर्दै आउनुभएका विष्टको कोरोना सङ्क्रमणका कारण यही पुस १७ गते उपचारका क्रममा काठमाडौँमा निधन भएको थियो । सशस्त्र प्रहरीको एपिएफ क्लबको महिला टोलीको प्रशिक्षकसमेत रहनुभएका विष्ट पछिल्लो समय टीकापुर भलिबल प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिँदै आउनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.