सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गैडा मारी खाग चोरी निकासी मुद्दाका फरार अभियुक्त तनहुँबाट पक्राउ


  •    न्युजभित्तो/२९ पुष २०७८, बिहीबार १४:१४ 
  • चितवन, २९ पुस । चितवन राष्ट्रि निकुञ्जले गैंडा मारी खास चोरी निकासी मुद्दाका अभियुक्तलाई पक्राउ गरेको छ । तनहुँ जिल्लाका शुक्लागण्डकी नगरपालिका वडा नं. २ कोत्रेबजारका कमल गुरुङलाई पक्राउ गरिएको हो ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपुर जिल्ला अदालतमा २०७७ माघ २८ गते दायर मुद्दाका फरार अभियुक्त गुरुङ पक्राउ परेका हुन् । उनलाई तनहुँको आबुखैरहनी नगरपालिका वडा नं. १ सयसत्र फाँटमा लुकिछिपी बसेको अवस्थामा तनहुँ प्रहरीको सहयोगमा निकुञ्जको संयुक्त टोलीले पक्राउ गरेको हो ।

    बि.सं. २०७७ भदौ २१ गते निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत बाँदरझुला टापुको रातोघोल क्षेत्रमा खाग काटिएको अवस्थामा माउ र बच्चा गरी दुई वटा गैंडा मृत भेटिएका थिए । सोही घटनाको अनुसन्धानका क्रममा १३ जना प्रतिवादीको संलग्नता देखिएको तिवारीले जानकारी दिनुभयो । उक्त घटनाका १३ मध्ये हालसम्म ११ जना पक्राउ परेका छन् भने दुई जना अझै फरार रहेका छन् ।

    चितवन राष्ट्रिय निकुञ्जको अनुरोधमा विगत एक वर्षअघिदेखि नै तनहुँ प्रहरीले गुरुङको खोजी कार्य जारी राखेको थियो । तनहुँ प्रहरी र सिबिआईको टोलीले समेत खोजी गर्दै आएका गुरुङलाई प्रहरीले पक्राउ गरी निकुञ्जको सुरक्षा टोलीलाई बुझाएको जनाईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.