सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय वन प्राविधिक सञ्जालको कर्णाली प्रदेश अध्यक्षमा देवकोटा


  •    न्युजभित्तो/२९ पुष २०७८, बिहीबार १४:०३ 
  • कर्णाली, २९ पुस । नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल कर्णाली प्रदेशको अध्यक्षमा जुम्लाका प्रकाश देवकोटा सर्वसम्मत् चयन हुनुभएको छ ।

    कर्णाली प्रदेशको राजाधानी वीरेन्द्रनगरमा बुधबार सम्पन्न प्रथम कर्णाली प्रदेश सम्मेलनबाट देवकोटाको नेतृत्वमा ११ सदस्यीय प्रदेश कार्य समिति सर्वसम्मत चयन भएको हो ।

    समितिको उपाध्यक्षमा सिर्जना ओली (रुकुमपश्चिम), सचिवमा प्रकाश खड्का (रुकुमपश्चिम) र कोषध्यक्षमा टासी टोपगेल तामाङ (मुगु), चयन हुनुभएको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । त्यस्तै, सदस्यमा भूपालनाथ योगी (कालीकोट), रमित रावत (रुकुमपश्चिम), सोनाम आचार्य (चितवन), विपना खड्का मगर (रुकुमपश्चिम), सुरेन्द्र पुन मगर (जाजरकोट), टोपेन्द्र गिरी (दाङ) र धर्मेन्द्र बुढ्थापा (जुम्ला) चयन हुनुभएको उहाँले बताउनुभयो ।

    नवगठित प्रदेश कार्यसमितिका अध्यक्ष देवकोटाले मूलतः जलवायु परिवर्तनसम्बन्धी कार्य गरी जैविक विविधता संरक्षण गर्ने र वन विज्ञानको शैक्षिक गुणस्तर कायम गरेर वन स्रोतबाट आर्थिक समृद्धि हासिल गर्दै सो क्षेत्रमा रोजगारी सिर्जना गर्ने आगामी योजना रहेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.