सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा आत्महत्या गर्नेमा महिलाभन्दा पुरुष बढी


  •    न्युजभित्तो/२८ पुष २०७८, बुधबार १४:२३ 
  • रेजिना ढकाल
    चितवन, २८ पुस । जिल्लामा आत्महत्या गर्नेहरुमा महिलाभन्दा पुरुष बढी देखिएका छन् । गत आर्थिक वर्षदेखि चालु आर्थिक वर्षको चार महिनाको तथ्यांकले महिलाभन्दा पुरुष बढीले आत्महत्या गरेको देखाएको हो ।

    यस आर्थिक वर्षको साउनदेखि मंसिरसम्म आत्महत्या गर्ने ७९ जना मध्य पुरुष ४४ जना छन् भने ३४ जना महिलाले आत्महत्या गरेका छन् । गत आर्थिक वर्षमा २ सय १९ जनाले आत्महत्या गर्दा १४० जना पुरुष र ७९ जना महिला रहेका छन् ।

    पेशागत रुपमा हेर्दा आत्महत्या गर्नेहरुमा कृषक बढी रहेका छन् । गत आर्थिक वर्षमा ७९ जना कृषक, २६ जना गृहिणी, ३६ जना बेरोजगार, ३५ जना मजदुर, ३ जना विद्यार्थी, १० जना व्यापारी, ५ जना कर्मचारी, १ जना चालक, सहचालक र ९ जना अन्यले आत्महत्या गरेका छन् । चालु आर्थिक वर्षको मंसिरसम्म ३० जना कृषक, १६ जना गृहिणी, १४ जना बेरोजगार, ७ जना मजदुर, ६ जना विद्यार्थी, १ जना व्यापारी, २ जना कर्मचारी, २ जना सहचालक र १ जना अन्यले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांकले देखाउछ ।

    उमेर समूहको आधारमा हेर्दा ६० वर्षदेखिमाथिका धेरै व्यक्तिले आत्महत्या गरेको देखिन्छ । गत आर्थिक वर्षमा ६० वर्ष माथिका ४५ जनाले आत्महत्या गरेका हुन् । १६ वर्ष मुनिका ७ जना, १६ देखि २५ वर्ष उमेर समूहका ४३ जना,२५ देखि ३५ वर्षका उमेर समूहका ३९ जना, ३५ देखि ४५ वर्ष उमेर समूहका ४२ जना, ४५ देखि ६० वर्ष उमेर समूहका ४२ जना र उमेर नखुलेको एक जनाले आत्महत्या गरेका छन् ।

    चालु आर्थिक वर्षमा ६० वर्ष माथिका २२ जनाले आत्महत्या गरेका छन् । यस्तै १६ वर्ष मुनिका २ जना, १६ देखि २५ वर्ष उमेर समूहका ९ जना, २५ देखि ३५ वर्ष उमेर समूहका १२ जना, ३५ देखि ४५ वर्ष उमेर समूहका १० जना, ४५ देखि ६० वर्ष उमेर समूहका २३ जना र एक जना उमेर नखुलेकाले आत्महत्या गरेका छन् ।

    आत्महत्या गर्नेहरु मध्ये धेरैजसो झण्डिएको देखिन्छ । चालु आर्थिक वर्षमा ६५ जनाले झुण्डिएर आत्म हत्या गरेका छन् भने १३ जनाले बिष सेवन गरेर १ जानाले हाम्फालेर आत्म हत्याका छन् । गत आर्थिक बर्षमा १७१ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । ४३ जनाले बिष सेवन गरेर ३ जानाले हाम्फालेर २ जानाले आगो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

    गत आर्थिक वर्षमा लकडाउनको समय परेकोले आत्महत्या बढेको देखिन्छ । लकडाउनको समयमा पेशा, रोजगारी गुमाएर आर्थिक संकट परेपछि आत्महत्या गरेको अनुमान प्रहरीले गरेको छ । लामो लकडाउनका कारण धेरै जनामा मानसिक तनाव देखिएसंगै आत्महत्या गर्नेको संख्या बढेको हो ।
    –––

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.