सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना


  •    न्युजभित्तो/२८ पुष २०७८, बुधबार १३:२५ 
  • नवलपुर, २८ पुस । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नागरिक प्रहरी पुस्तकालय स्थापना गरिएको छ । विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगमा पुस्तकालय स्थापना गरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले पुस्तकालयको उद्घाटन गर्नुभयो ।

    विसं २०७७ माघ ५ गतेदेखि सुरु भएको ‘हिरासतमा किताब’ कार्यक्रम जिल्लाका पाँच प्रहरी कार्यालयमा सञ्चालन भइसकेपछि मङ्गलबार जिल्लाको कावासोतीस्थित जिल्ला प्रहरी कार्यालयमा नागरिक प्रहरी पुस्तकालय सञ्चालनमा ल्याइएको प्रहरी उपरीक्षक मल्लले बताउनुभयो । प्रहरी कार्यालयभित्र नागरिक र प्रहरीबीचको सम्बन्धलाई सुदृढ गर्न र बाह्य ज्ञानको सीमालाई बढाउनका निमित्त पुस्तकालय शुभारम्भ गरिएको उहाँको भनाइ छ ।

    प्रहरी कार्यालयमा सञ्चालित नागरिक प्रहरी पुस्तकालय निर्माणका लागि आवश्यक पर्ने पुस्तक, फर्निचर, ¥याकसहितका सामग्री जुटाउन जिल्लाको कावासोती नगरपालिका, गैँडाकोट नगरपालिका, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको महत्वपूर्ण सहयोग रहेको प्रहरी उपरीक्षक मल्लले बताउनुभयो ।

    कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जिल्ला प्रहरी कार्यालयमा सञ्चालनमा आएको नागरिक प्रहरी पुस्तकालयमा प्रहरी कर्मचारी तथा आम नागरिकको समेत सहज रुपमा पहुँच हुने बताउनुभयो । पुस्तकालयमा कानुन, उपन्यास, कविता, कथासहितका आख्यान र गैह्रआख्यान गरी करिब एक हजार थान पुस्तक रहेको गिरीले जानकारी दिनुभयो । पुस्तकालयमा आवश्यकताअनुसार नेपाली तथा अङ्ग्रेजी भाषाका किताब थप गर्दै लगिने उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.