सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आफूमाथि लागेको आरोपबारे बतास समूहले निकालो ७ बुँदे विज्ञप्ति


  •    न्युजभित्तो/२८ पुष २०७८, बुधबार १३:०२ 
  • काठमाडौं, २८ पुस । बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले आफूमाथि लागेको आरोपबारे ७ बुँदे विज्ञप्ति जारी गरेका छन् ।

    अध्यक्ष बतासले बुधबार विज्ञप्ति जारी गरेर सञ्चारमाध्यमले सत्यतथ्य नबुझी एकपक्षीय रुपमा समाचार प्रकाशित गरेको आरोप लगाएका छन् ।

    विज्ञप्तिमार्फत नेपाली सञ्चार माध्यमहरुलाई पत्रकारिताको पाठ सिकाउने उद्देश्य भने आफ्नो नभएको उनले बताएका छन् ।

    विज्ञप्तिमा बतासले नारायणहिटी दरबार संग्रहालय क्याफ्टेरिया भाडा, नेपाल भारतमैत्री पशुपति धर्मशालासम्बन्धी ठेक्काका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, “सो भाडा समेत हाल रहेको क्याफिटेरीया भवनको २३०० वर्गफिटको मात्र हो र त्यस भवन बाहेक प्रत्यक्ष रुपमा जे जति रुपमा जग्गा प्रयोग हुन्छ सो अनुपातमा नारायणहिटी दरबार संग्रहालयको बैठकले तोके बमोजिमको थप भाडा तिर्नुपर्ने शर्त सम्झौतामा स्पष्ट रुपमा उल्लेख हुदाहुदै सो विषयलाई अतिरञ्जित ढङ्गले प्रस्तुत गर्नुमा नियत मै खोट देखियो भन्ने हाम्रो टिप्पणी गलत सिद्ध हुदैन । ऐन, नियम र कानुनअन्तर्गत नै बतास अर्गनाईजेशनले भाडामा लिएको सो क्षेत्रका कवलहरु पसल सञ्चालनका लागि अन्य पक्षलाई भाडामा दिने गरी नै लिइएको हो । त्यहाँका सम्पूर्ण पसल कवलहरु अहिलेसम्म समेत भाडामा लागिसकेका छैनन् । बरु, ती खाली पसल कवलहरुलाई भाडामा लिएर विभिन्न व्यापार व्यवसाय गर्न आम नागरिकलाई प्रोत्साहित गरिदिएमा बतास अर्गनाईजेशन सबैप्रति कृतज्ञ रहनेछ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.