सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वीर अस्पतालमा डा लोहनीलाई पठाएपछि कर्मचारीहरु विरोधमा


  •    न्युजभित्तो/२८ पुष २०७८, बुधबार १२:३८ 
  • काठमाडौं,२८ पुस  । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको प्रमुखमा डा गुणराज लोहनीलाई पठाएपछि कर्मचारीहरु विरोधमा उत्रिएका छन्।

    पटक पटक नेतृत्व परिवर्तन हुँदा समस्या समाधान नहुने भन्दै अस्पतालका कर्मचारीहरु विरोधमा उत्रिएका हुन्। विरोध स्वरुप उनीहरु बिहान १० बजेदेखि अस्पतालमा धर्नामा बसेको स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले जानकारी दिए।

    उनले भने, ‘गुणराज लोहनी छोटो समयमा अवकाश हुँदै हुनुहुन्छ। परिवर्तन नै गर्ने हो भने लामो समयको लागि डाक्टर ल्याउनुपर्छ। स्वास्थ्य मन्त्रालयमा रहँदा नै उहाँले वीर अस्पतालको विरोध गर्नु हुन्थ्यो। त्यस्तो व्यक्तिलाई नियुक्त गरेर ल्याउने प्रयास भएको छ। त्यसको विरोधमा नै हामी धर्नामा बसेका हौँ।’

    अस्पतालको विकास देख्न नचाहने व्यक्तिलाई नै सरकारले प्रमुख बनाएको उनीहरुको भनाई छ। कर्मचारीको समस्या समाधान गर्ने, अस्पतालको सुधार र विकासका लागि काम गर्ने र दीर्घकालीन योजना भएका व्यक्तिलाई अस्पतालको प्रमुख बनाउनुपर्ने उनीहरुको माग छ।

    उनीहरु भन्छन्, ‘तीन महिना, ६ महिनामा पदाधिकारी परिवर्तन गरिरहने हो भने समस्याको समाधान आउँदैन। अस्पतालको विकास हुँदैन। यसले कुनै निकास आउँदैन। पटक पटक नेतृत्व परिवर्तन गरिरहनु हुँदैन।’

    राष्ट्रिय सभा निर्वाचनको आचार संहिताका कारण पुरानो मिति राखेर लोहनीलाई वीरमा सरुवा गरिएको र १२ औँ तहका विशिष्ट श्रेणीका अधिकृतको सरुवामा प्रधानमन्त्रीलाई जानकारी समेत नभएको कर्मचारीहरुको आरोप छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.