सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेस चौतारी हुम्ला शाखा अध्यक्षमा सिंह


  •    न्युजभित्तो/२८ पुष २०७८, बुधबार ११:४० 
  • सिमकोट, २८ पुस प्रेस । चौतारी नेपाल हुम्ला शाखाको पाँचौ अधिवेशनले नयाँ पदाधिकारी सर्वसम्मतबाट चयन गरेको छ । अधिवेशनले अध्यक्षमा नन्द सिंह र सचिवमा दाने बोहरा सहित २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

    यसैगरी उपाध्यक्षमा मिग्युर लामा, महिला उपाध्यक्षमा शर्मिला शाही, सचिवमा दाने बोहरा, सहसचिवमा मोतिलाल महतारा, समावेशी सहसचिवमा मानबहादुर परियार र कोषाध्यक्षमा बेलुमाया महतारा र सदस्यहरुमा धनबहादुर भण्डारी, टसि बोहरा, सम्राट बोहरा, मनोज बोहरा, मोहनसिंह बुढा, धोजबहादुर शाही, लक्षे कामी, अविराज हमाल, चक्र दामी छक्क थापा लगायतका चयन भएका छन् ।

    यसैगरी, प्रदेश प्रतिनितिधिमा एकजना मात्रै मन्दिर सिंह चयन गरिएको भए पनि केन्द्रीय महाधिवेशन प्रतिनिधि र अन्य प्रदेश प्रतिनिधि नयाँ पदाधिकारीको पहिलो बैठकबाट नेतृत्व चयन हुने बताइएको छ । एमाले जिल्ला पार्टी कार्यवाहक अध्यक्ष तथा प्रदेश कमिटी सदस्य ज्ञामी बुमीको प्रमुख आथित्यमा प्रेस चौतारी नेपाल हुम्ला शाखाको पाँचाँै जिल्ला अधिवेशन सर्वसहमतिबाट सम्पन्न भएको छ ।

    अधिवेशनको उद्घाटन सत्रमा नेकपा ९एमाले० हुम्ला जिल्ला अध्यक्ष ज्ञामी बुमी, नेपाल कांग्रेस हुम्लाका प्रदेश नं ख का तक्दिर लामा, नेकपा ९माओवादी केन्द्र०का सिमकोट गाउँपालिका–५ का अध्यक्ष रामजन रावत, प्रेस चौतारीका संस्थापक अध्यक्ष कमल बोहरा, सर्केगाड गाउँपालिका–१ का वडाध्यक्ष गोकुल बुढा, एमालेका प्रदेश कमिटी सदस्य डबल रावत र एमाले अदानचुली गाउँ कमिटी अध्यक्ष बुध भण्डारीका साथै अनेरास्ववियु जिल्ला अध्यक्ष जयराज सन्ज्याललगायत अधिवेशनको सफलताको कामना गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.