सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विश्व हिन्दी दिवस अवसरमा भारतीय दूतावासद्धारा कार्यक्रमको आयोजना


  •    न्युजभित्तो/२८ पुष २०७८, बुधबार ११:३२ 
  • काठमाडौं,२८ पुस । विश्व हिन्दी दिवसको अवसरमा भारतीय दूतावास काठमाडौले ¥र्याडिसन होटलमा एक कार्यक्रमको आयोजना गरेर मनाएको छ । कार्यक्रमको अध्यक्षता प्रेस, सूचना तथा संस्कृति महाशाखाका प्रमुख नवीन कुमारले गरेका थिए । उनले कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको सन्देश सबैलाई शेयर गरेका थिए ।

    विश्व हिन्दी दिवसका अवसरमा भारतका विदेश राज्यमन्त्री मीनाक्षी लेखीले दिएको सन्देश र शुभकामनालाई पनि भिडियोमार्फत प्रदर्शन गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपालका वरिष्ठ हिन्दी साहित्यकार रामदयाल राकेश तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा परिषद्का सदस्य प्रा. (डा.) उषा ठाकुर विशेष अतिथि थिए । विश्व हिन्दी दिवसको अवसरमा एक विशेष हास्य कवि सम्मेलनको आयोजना गरिएको थियो । जसमा भारतबाट आमन्त्रित तीनजना प्रख्यात कविहरू सुदीप भोला, विनीत पाण्डे र अभिषेक त्रिपाठीले कविता वाचन गरेका थिए।

    कार्यक्रममा काठमाडौंका विभिन्न विद्यालयका १२ जना विद्यार्थीले हिन्दी कविता वाचन गरेका थिए । विद्यार्थीहरुलाई पुरस्कृत पनि गरिएको थियो । पहिलो पटक १० जनवरी १९७५ मा नागपुरमा विश्व हिन्दी सम्मेलनको आयोजना गरेपछि भारत लगायत विभिन्न देशमा प्रत्येक वर्ष १० जनवरीमा दूतावास र उच्चायोगहरूमा विश्व हिन्दी दिवस मनाउने गरिएको छ।

    प्रमुख अतिथिद्वारा हिन्दी मासिक पत्रिका ‘द पब्लिक’की सम्पादक वीणा सिन्हाको लघुकथा संकलन ‘सेकेन्ड गलियान’, ‘द पब्लिक’ पत्रिका र नेपालकी हिन्दी साहित्यिका करुणा झाको कविता संग्रह विमोचन गरिएको थियो । अतिथिहरुलाई हिन्दी पत्रिका ‘हिमालिनी’ को पछिल्लो अंक पनि वितरण गरिएको थियो । स्वामी विवेकानन्द कल्चरल सेन्टर, काठमाडौंका संगीत विद्यार्थीहरूले मधुर सामूहिक गान प्रस्तुत गरेका थिए। प्रमुख अतिथिले आफ्नो विचार राख्दै नेपाल र भारतको सदियौंदेखिको मित्रतामा हिन्दी भाषाले महत्वपूर्ण भूमिका खेलेको बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.