सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आधुनिक मेसिनद्वारा गुणस्तरीय उत्पादन गरेसँगै रिजाल फुड्सका उत्पादन अन्तर्राष्ट्रिय बजारमा


  •    न्युजभित्तो/२८ पुष २०७८, बुधबार १०:४५ 
  • चितवन, २८ पुस । विसं २०४४ मा फलामे कराईमा भुटेर साइकलमा बिक्री गर्ने दालमोठ उद्योगमा अहिले अत्याधुनिक मेसिनबाट उत्पादन गरेर अमेरिकासम्म पुग्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । रत्ननगर नगरपालिका–३ स्थित रिजाल फुड्स एण्ड वेभरेजेज प्रालिले उत्पादन गरेको दालमोठलगायत उत्पादन अहिले विश्वबजारसम्म पुग्ने गरेको छ ।

    तत्कालीन समयमा पूर्वी नेपालमा अनुभव सँगालेर यहाँ आउनुभएका राजेन्द्रप्रसाद रिजालको परिवारले सुरु गरेको यो उद्योगले अहिले ८२ प्रकारका तयारी खानेकुरा उत्पादन गर्दै आएको छ । विगतको स्मरण गर्दै रिजालले भन्नुभयो, “कराईमा भुटेर प्याक गरेर, साइकल, रिक्सामा गाउँगाउँ पु¥याएर बिक्री गथ्र्यौँ ।” बजारका केही व्यापारीको मागअनुसार दालमोठ बनाएर दिने गरेको उहाँको अनुभव छ ।

    धनकुटाबाट मोरङको सलकपुरमा बसाइँ सरेको रिजाल परिवारका जेठा छोरा राजेन्द्रले उर्लाबारीस्थित काकाको दालमोठ उद्योगमा पढ्दै चार वर्ष कामको अनुभव लिनुभयो । त्यहाँको उत्पादन आउने चितवनको बजारमा आफँैले उद्योग खोल्ने रहर उहाँमा जाग्यो । बुवा अन्जनीप्रसादले सरसापट गरेर दिएको रु ६ हजारले उहाँले ज्वाइँसँग मिलेर रत्ननगरमा शान्ता कमल दालमोठ उद्योग सञ्चालन गर्न थाल्नुभयो । बैंकको सहयोगमा उद्योगलाई थप विस्तार गर्दै अगाडि बढाउनुभयो ।

    ब्राण्डलाई महत्व नदिई बिक्रीलाई मात्रै हेर्दै आउनुभएका रिजालले भाइ पुरुषोत्तम र अच्युतको परिवारसहित रिजाल ब्राण्डमा उत्पादन थाल्नुभयो । ज्वाइँको घर रहेको रत्ननगरको लौरीघोलबाट सुरु भएको यो उद्योग विभिन्न ठाउँमा सर्दै अहिले रत्ननगरकै बेल्सीमा आफ्नै जमिनमा बनेको भवनमा सञ्चालन हुँदै आएको छ ।

    एकै परिवारका तीन दाजुभाइका श्रीमती, छोरा, छोरी र बुहारी यसै उद्योगमा आफ्नो सीप र क्षमताअनुसार काम गर्दै आउनुभएको छ । सबैको अभिभावकत्व बुवा अन्जनीले गर्दै आउनुभएको छ । माइला भाइ पुरुषोत्तमले भन्नुभयो, “हामीले अहिले पारिवारिक कर्पोरेट व्यवसाय गरिरहेका छौँ ।” परिवारभित्रै मिलेर काम गर्न सकिन्छ भन्ने उदाहरण दिएको उहाँ बताउनुहुन्छ ।

    सुरुका दैनिक २५ किलो दालमोठ उत्पादन गर्ने यो उद्योगमा अहिले आधुुनिक उपकरणबाट दैनिक आठ टनभन्दा बढी उत्पादन गर्दै आएको छ । उद्योगमा ८२ प्रकारका दालमोठजन्य उत्पादन गरिन्छ । दालमोठमात्रै २० प्रकारका छन् भने तीनथरि आलुचिप्स, चारथरि भुजिया र १० थरि फुरनदाना उत्पादन हुन्छन् । यस्तै मुमको दाल, नट क्र्याकर, बदाम, कन्फ्लेक्स, भटमास, मटर फ्राइजस्ता तयारी उत्पादन यस उद्योगले गर्दै आएको छ ।

    पुरुषोत्तमका अनुसार ७४ जिल्लास्थित डिलरमार्फत देशभित्र मात्रै होइन विदेशका हङ्कङ, अमेरिका, अष्ट्रेलिया र जापानमा पनि सामग्री पुग्ने गरेको छ । खाडी मुलुकमा यो उत्पादन पु¥याउने तयारीमा रिजाल परिवार जुटेको छ । अहिले बैंकसहित रु १० करोडभन्दा बढी लगानी रहेको उद्योगमा २०० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । भारतमा बनेको खियारहित आधुनिक मेसिन उद्योगमा जडान छ । दाउरामा पकाउने गरिन्छ । पुरुषोत्तमले भन्नुभयो, “डिजल, कोइलालगायतका इन्धनलाई हामीले निरुत्साहित गरेका छौँ, वातावरणमैत्री बनाउन हाम्रो जोड छ ।” कसैले गाउँघरमै गुइँठा बनाएर दिए त्यसको प्रयोग गर्ने उहाँको भनाइ छ ।

    विदेशी प्रविधि भित्र्याएर स्वदेशी उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण रिजाल परिवारले दिएको छ । उद्योगमा कच्चा पदार्थदेखि उत्पादित वस्तुको गुणस्तर परीक्षण गर्ने प्रयोगशालाको व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो, “नेपाल सरकारको प्रचलित नियम कानुनलाई पूर्णरूपमा पालना गर्दै हामीले गुणस्तरीय उत्पादन गरेका छौँ ।” आफ्नो उत्पादन विदेशी कम्पनीको भन्दा राम्रो गुणस्तरको रहेको उहाँको दाबी छ । उहाँले गुनासो गर्नुभयो, “नेपाली उत्पादनलाई नेपालीले नै विश्वास गर्दैनन्, तर हामीले विदेशीभन्दा राम्रो गुणस्तरको उत्पादन गरिरहेका छौँ ।”

    गत वर्ष रु २६ करोडको बिक्री गरेको उद्योगले यस वर्ष रु ४० करोड पु¥याउने लक्ष्य छ । गत वर्षमात्रै नमकिनजन्य उत्पादन रु चार अर्ब ५० करोडको आयात भएको भन्दै उहाँले स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “खुलाबजार र चोरी पैठारी रोकेर स्वदेशी उद्योगलाई संरक्षण गर्न सकेमा आत्मनिर्भर हुन सकिन्छ ।”

    चिउरा, भटमासबाहेक अधिकांश कच्चा पदार्थ विदेशमा निर्भर हुनुपर्ने भन्दै उहाँले भन्नुभयो, “नेपालमै उत्पादन गर्न कृषकलाई प्रोत्साहन गर्नुपर्छ ।” कच्चा पदार्थ ल्याउनुपर्दा आयात शुल्कमा छुट दिनुपर्ने उहाँको भनाइ छ । तयारी सामान आयात निरुत्साहित गर्दै यहाँको उत्पादनलाई सरकारले प्रश्रय दिनुपर्ने उहाँको माग छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.