सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

युवाहरुसँग नवप्रवर्तनात्मक विचार माग


  •    न्युजभित्तो/२७ पुष २०७८, मंगलवार १६:४१ 
  • नवलपुर, २७ पुस । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जिल्लास्तरीय युवा नवप्रवर्तनात्मक विचार गोष्ठी हुने भएको छ । राष्ट्रिय युवा परिषद् नेपालको वार्षिक कार्यक्रमअनुसार जिल्लाको मध्यविन्दु नगरपालिकाले विचार गोष्ठी सञ्चालन गर्न लागेको हो ।

    नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव टेकप्रसाद पाण्डेले जिल्लाकै आठवटा स्थानीय तहका युवाहरुसँग नवप्रवर्तनात्मक विचार माग गरिएको बताउनुभयो । “जिल्लामा रहेका १६ देखि ४० वर्ष उमेरसम्मका युवाको मनमा लागेका विचार स्थानीय तहको शिक्षा शाखामार्फत माग गरिएको छ,” पाण्डेले भन्नुभयो, “कृषि, स्वास्थ्य, शिक्षा, रोजगार लगायतका क्षेत्रलाई समेटेर युवाले आफ्नो विचार लेखेर पठाउन भनेका छौँ ।” जिल्लाभित्रका युवाहरुले माघ १० गतेभित्र स्थानीय तहको शिक्षा शाखामार्फत आफ्नो विचार पठाउनुपर्ने पाण्डेले बताउनुभयो ।

    कुनै क्षेत्रको विकास तथा प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्ने बारेमा युवाहरुले आफ्नो धारणा राख्ने प्रतियोगिता नै नवप्रवर्तनात्मक विचार गोष्ठी भएको उपसचिव पाण्डेले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.