सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितुवाको त्रास बढ्यो


  •    न्युजभित्तो/२७ पुष २०७८, मंगलवार १४:५७ 
  • दमौली, २७ पुस  । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादी डुम्रिडाँडामा चितुवाको त्रास बढेको छ । रातिको समयमा घरआँगनमै चितुवा आएर घरपालुवा बस्तुभाउ मार्न थालेपछि स्थानीयवासी त्रस्त भएका हुन् ।
    चितुवाले स्थानीय शम्शेर परियारको गोठमा बाँधिराखेको बाख्रा मारेको छ । घरसँगै रहेको गोठमा आएर चितुवाले आक्रमण गरेपछि स्थानीयवासी त्रस्त भएको नवराज मिश्रले जानकारी दिनुभयो ।

    “राति–राति चितुवा घरआँगनमै आउन थालेपछि त्रास बढेको छ,” उहाँले भन्नुभयो, “रातिको समयमा घर बाहिर निस्कने अवस्था नै छैन ।”बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटमा पनि स्थानीयवासी सीता भट्टराईले पालेको गाईको बाच्छी चितुवाले मारेको छ । चितुवाको त्रासले रातको समयमा एक्लै घर बाहिर निस्कने डर हुने गरेको स्थानीयवासी बताउछन् ।आहाराको खोजीमा चितुवा घर आँगनमा आउने गरेको छ । जिल्लाका विभिन्न ठाउँमा विगत केही वर्षदेखि चितुवाको त्रास हुँदै आएको छ । आँबुखैरेनी, भानु, बन्दीपुरलगायत क्षेत्रमा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुनाका साथै केही घाइते भएका थिए ।

    वन क्षेत्रमा झाडी बढ्दै गएकाले चितुवाको बासस्थान पनि बढेको र अहिले चितुवाकोे प्रजननको समय भएकाले यसले मानिस र अन्य जनाबरमाथि आक्रमण गर्न सक्ने जनाउँदै डिभिजन वन कार्यालयले चितुवाको आक्रमणबाट सचेत र सतर्क रहन आग्रह गरेको छ ।जङ्गल फँडानी गरेर बस्ती बसाल्ने र जङ्गली जनावर मारेर खाइदिने गरेकाले मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको छ । डिभिजन वन प्रमुख कोमलराज काफ्लेले भन्नुभयो,“चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सके यसबाट बच्न सकिन्छ ।”

    वनजङ्गलमा पाइने जीवजन्तु मानिसले सिकार गरेर खाइदिने गरेका कारण पनि चितुवाले बस्तीमा आएर मानिसलाई आक्रमण गर्न थालेको छ । चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै भए पनि त्यस्ता जीवजन्तु मानिसले खाइदिने गरेका कारण चितुवाको सिकार मानिस हुनथालेको उहाँले बताउनुभयो । कार्यालयले चितुवाबाट बच्नका लागि घरगोठ उज्यालो बनाउन, र गोठ बलियो निर्माण गर्न सुझाउँदै आएको छ । विसं २०७४ फागुन १ गते पहिलोपटक तनहुँमा भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । त्यसयता चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा एघार जना बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणमा पर्ने बालबालिका १२ वर्ष उमेरसम्मका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.