सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दियालो फुडल्याण्डको चौथो शाखा चितवनमा शुभारम्भ


  •    न्युजभित्तो/२५ पुष २०७८, आईतवार ११:२१ 
  • चितवन, २५ पुस । सञ्जालको रुपमा बिस्तार गरिएको दियालो फुडल्याण्डको चौथो शाखा भरतपुरको क्षेत्रपुरमा सञ्चालनमा ल्याईएको छ । फुडल्याण्डको औपचारीक रुपमा शनिबार साँझ उद्घाटन गरिएको हो ।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले फुडल्याण्डको उद्घाटन गर्नु हुँदै आबश्यक सहयोगका लागि महानगर सधै तयार रहेको बताउनुभयो । दियालो भरतपुरमा आउँदै गर्दा यहाँको आर्थिक क्षेत्र चलायमान संगै पर्यटन प्रबर्धनमा सहयोगी बन्ने उहाँको भनाई थियो । ठूलो हल भएकाले राष्ट्रिय स्तरका कार्यक्रम गर्न दियालो सहयोगी बन्ने दाहालले वताउनुभयो । कार्यक्रममा बागमति प्रदेशका भूमि व्यवस्था सहकारी तथा गरिबि निवारण मन्त्री बलराम पौडेलले विदेशमा अनुभव संगालेर नेपालमा सञ्जालका रुपमा दियालोलाई अगाडी वढाएको भन्दै प्रसंशा गर्नुभयो । सोही अबसरमा दियालोको सञ्चालक समेत रहनु भएका नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले अनुभव सहित वाहिरबाट फर्किएका साथीहरु संग मिलेर खोलिएको दियालोले सञ्जाल बिस्तार गर्दै अघि वढेको भन्दै यसको सम्पूर्ण श्रेय ग्राहकनै रहेको बताउनुभयो ।

    उद्घाटनका अबसरमा फुडल्याण्डका कार्यकारी प्रबन्धनिर्देशक खोमराज खरालले दियालो फुडल्याण्डले वि.सं. २०६८ सालदेखि काठमाडौं बसुन्धाराबाट सेवा प्रारम्भ गरेर हाल सम्म बसुन्धारा, बालाजु, बुटवल र नारायणगढ समेत गरेर चार वटा अत्याधुनिक भव्य पारिवारिक पार्टी भेन्यु ,होटल र रेस्टुरेन्ट सहित सुबिधा सम्पन्न हलहरु सञ्चालनमा ल्याएको बताउनुभयो । दियालोका संस्थापक अध्यक्ष जनप्रकाश चापागाईले दियालोको सबै शाखा संचालनमा आउदा अहिलेसम्म झन्डै रु ७५ करोड लगानी भएको बताउनुभयो । यसका संस्थापकहरुले लामो समय स्वदेश र बिदेशमा हासिल गरेको शीप र अनुभवलाई बटुलेर दियालो स्थापना भएको उहाँले जानकारी दिनुभयो । उहाँ सहितको मुख्य सञ्चालकहरुले बेलायत सहितका देशमा यसै क्षेत्रमा हाँसिल गरेको सिपलाई नेपालमा प्रयोगमा ल्याउनुभएको हो । छिट्टै दियालोले पोखरा र हेटौडामा सञ्जाल बिस्तार गर्ने तयारीमा रहेको उहाँको भनाई छ ।

    फुड्याण्डको सञ्जाल बिस्तार गर्दा स्थानिय साझेदार समेत राख्ने गरिएको छ । चितवनका साझेदार एबं सञ्चालक चन्द्रमित्र पण्डीतले दियालोको सभाहल जिल्लाकै ठूलो र प्रयाप्त पार्किङ भएकाले ठूला कार्यक्रम गर्न सकिने बताउनुभयो । यसै समुहले ठूला पार्टीका महाधिबेशनको खाना व्यवस्थापन गर्ने गरेको भन्दै उहाँले उच्च स्तरको खाना र कार्यक्रमको व्यवस्थापन गर्न दियालो सक्षम रहेको बताउनुभयो । दियालो क्षत्रपुरका प्रबन्ध निर्देशक रमेश अधिकारीका अनुसार यहाँ एक सय जना अट्ने रेष्टुरेन्ट, ३ हजार क्षमताको सभा हल, १९ वटा कोठा र एक हजार सवारी साधन अट्ने पार्कीङ् रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.