सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा एमाले रसुवाको बन्दसत्र सुरू, अध्यक्षमा दुई जनाको दावेदारी


  •    न्युजभित्तो/२४ पुष २०७८, शनिबार १६:४९ 
  • रसुवा,२४ पुस । नेकपा एमाले रसुवाको बन्दसत्र सुरू भएको छ । नयाँ नेतृत्व चयनका लागि शुक्रबार सुरू भएको आठौँ जिल्ला अधिवेशनअन्तर्गत शनिबार दिउँसोदेखि बन्दसत्र सुरू भएको हो ।

    नेकपा एमाले रसुवाका प्रचार विभाग प्रमुख पेम्बा तामाङका अनुसार नयाँ नेतृत्व चयनका लागि पाँच सदस्यीय निर्वाचन कमिटी गठन गरिएको छ । माधव अर्यालको संयोजकत्वमा छोवाङ तेन्जिन तामाङ, कुलप्रसाद भट्ट, तेब्रेल तामाङ, सरिता लम्साल सदस्य रहने गरी निर्वाचन कमिटी गठन गरिएको हो । नयाँ नेतृत्व चयनका लागि निर्वाचन कमिटीले आवश्यक प्रक्रिया सुरू गरेको जनाएको छ ।

    नेकपा एमाले रसुवामा ९० सदस्यीय नयाँ कार्यसमिति चयन हुने भएको छ । अध्यक्षका लागि कन्र्याल तामाङ र अशोक घिमिरे दावेदार रहेका छन् । जिल्लाभरबाट पाँच सय ५६ जना प्रतिनिधि नयाँँ नेतृत्व चयनका लागि सहभागी छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.