सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ओलीमा प्रचण्डको टाउकोमा चढेर अग्लो हुने सोच रहेछ : माधव नेपाल


  •    न्युजभित्तो/२४ पुष २०७८, शनिबार १५:२८ 
  • कामठाडौं,२४ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थका लागि मात्र एमाले र माओवादी केन्द्रको एकता गरेको आरोप लगाएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको टाउकोमा टेकेर अग्लो हुने चाहनामा मात्र पार्टी एकता गरेको टिप्पणी गरे ।

    ‘हामी पहिले खुसी भएका थियौं । दुईटा पार्टीहरु मिल्ने भए–एमाले र माओवादी । देशका मुख्य बाम घटकका नेताहरु एक ठाउँमा आउने भए’ उनले भने, ‘…हामी प्रफुल्ल भयौं तर त्यो उद्देश्य अर्कै रहेछ । त्यो उद्देश्य भनेको प्रचण्डको टाउकोमा चढेर म सबैभन्दा अग्लो छु भनेर देखाउने सोच रहेछ । उहाँको पिठ्यूलाई सिँढीको रुपमा प्रयोग गरेर अनि आफूलाई अग्लो देखाउने प्रवृत्ति ।’

    अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट निकालेको पीडा खप्न नसकेपछि ओली जथाभावी बोल्दै हिँडेको पनि बताए । ओलीले पार्टीभित्र सबैलाई अनादर गरेपछि आफूहरुले अलग पार्टी बनाएको उनको भनाइ छ ।

    ओलीले अहिले राप्रपाका नेताहरुलाई प्यारो ठान्ने गरेको नेता नेपालले टिप्पणी गरे । ‘अहिले तपाईँहरुलाई थाहा छ, राप्रपा प्यारो छ, केपी ओलीका लागि । महन्थ ठाकुर प्यारा छन, केपी ओलीका लागि । विदेशीहरु प्यारा छन्, उनका लागि’ उनले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.