सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

युएनएचसीआरमार्फत दमक नगरपालिकलाई चार सवारीसाधन


  •    न्युजभित्तो/२४ पुष २०७८, शनिबार १४:३३ 
  • दमक, २४ पुस।  शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायोग (युनएचसीआर) ले दमक नगरपालिकालाई दुई बससहित चार सवारी उपलब्ध गराएको छ ।उच्चायोगको काठमाडौँस्थित कार्यालयमार्फत दुई बस, एक ट्र्याक्टर, एक पिकअप भेन उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । अन्तर्राष्ट्रिय दातृसंस्था युएनएचसीआरले भूटानी शरणार्थी रहेका क्षेत्रका बासिन्दालाई लक्ष गरी उक्त सहयोग उपलब्ध गराएको प्रमुख प्रशासकीयय अधिकृत गणेशप्रसाद तिम्सिनाले बताउनुभयो ।

    उहाँका अनुसार ती सवारीसाधनमध्ये दुई बस दमक–३ स्थित ढुकुरपानी माध्यमिक विद्यालयलाई र सोही वडाको कृषि प्रयोगका लागि त्यहाँको एक सहकारीलाई ट्र्याक्टर र पिकअप प्रदान गरिनेछ । विद्यालयले टाढाटाढाबाट अध्ययनका लागि आउने विद्यार्थी ओसार्न ती बस छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको जनाइएको छ । यसअघि युएनएचसीआरले नगरपालिकालाई शिक्षा, स्वास्थ्य, विकासका क्षेत्रमा सहयोग पु¥याउँदै आएको नगर प्रमुख रोमनाथ ओलीले बताउनुभयो ।

    प्याब्सन दिवसमा आश्रमलाई सहयोग

    एकतीसाँै प्याब्सन दिवसको उपलक्ष्यमा आज दमक–४ स्थित रत्न ज्येष्ठ वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई जाडोका लागि न्यानो कपडा प्रदान गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को ३१आँै दिवसका अवसरमा आश्रमका ११ ज्येष्ठ नागरिकलाई स्वीटर, टोपीलगायत हस्तान्तरण कपडा प्रदान गरिएको प्याब्सनका जिल्ला अध्यक्ष जनार्दन मैनालीले बताउनुभयो ।

    आश्रममा भोजनका लागि चामल, तेल, दाल, नुन, फलफूललगायतका खाद्यान्नसहित रु तीन हजारसमेत हस्तान्तरण गरिएको थियो । आजै चुलाचुलीस्थित चपेटीमा पारिवारिक वनभोजसमेत आयोजना गरिएको प्याब्सन सचिव नवीन योगीले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.