सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेस्नल कंक्रिट उद्योगको उत्पादन वजारमा


  •    न्युजभित्तो/२४ पुष २०७८, शनिबार १४:०५ 
  • चितवन,२४ पुस । नेस्नल कंक्रिटले आफ्नो उत्पादलाई बजारमा ल्याएको छ । उद्योगले औपाचारिक रुपमा शुक्रबारबाट आफ्नो उत्पादनलाई बजारमा ल्याएको हो । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ९ मा उद्योग स्थापना गरि कंक्रिट उत्पादन गर्दै आईएको छ ।

    आईएसओ ९००१÷२०१५ प्रप्त सो उद्योगले क्रर्भ स्टोन(बाटोको लेन छुट्याउन प्रयोग गरिने) इन्टरलक पेभर(मोजाक टाइल, रेक्टो वेवर, हेक्स पेवर, युनिपेवर, स्वायर टायल, व्लक) कंक्रिट इट्टा उत्पादन गर्दै आएको छ । बिगत एक वर्ष ६ महिना देखि सञ्चालनमा आएको सो उद्योगमा चितवन र नवलपरासीका १० जना युवा व्यवसायीहरुको लगानी रहेको छ । कंक्रिटका अध्यक्ष इन्द्रप्रसाद पौडेलका अनुसार रु १५ करोड भन्दा वढिको लगानीमा उद्योग सञ्चालनमा आएको हो । यस व्यवसायमा इन्जीनियर, चाटर एकाउन्टेन र युवा व्यवसायीहरुको लागानी रहेको छ । अत्याधुनिक युरोपियन प्रबिधिबिाट उत्पादिन सो उद्योगको उत्पादनको मुख्य वजार चितवन, पोखरा, काठमाडौं वुटवल संगै अन्य जिल्लाहरु रहेका छन् ।

    चितवन, मकवानुर र आसपासका जिल्लामा पहिलो पटक सञ्चालनमा आएको सो उद्योगमा थोरै जनशक्तिको प्रयोग गरिएको उद्योगका निर्देशक इ. कमल घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार ठूला निर्माण आयोजनाका लागि आबश्यक पर्ने कंक्रिट उत्पादन हुँदै आएको छ । नेदरल्याण्डमा १९५० बाट सुरु भएको यस प्रबिििधको नेपालमा पहिलो पटक प्रयोग गरिएको सो अबसरमा जानकारी दिइएको थियो । प्रबन्ध निर्देशक सरोज अधिकारीका अनुसार आफ्नै प्रयोगशालाबाट गुणस्तर परिक्षण गरि ¥यापिङ गर्दै वजारमा उत्पादन ल्याइएको हो । पाँच वर्षको ग्यारेन्टि सहित उद्योगले सामाग्री वजारमा ल्याएको उहाँले जानकारी दिनुभयो ।
    उद्योगको बिषयमा जानकारी दिन आयोजना गरिएको सो कार्यक्रममा कोमल अधिकारीले उत्पादनका बिषयमा जानकारी दिनुभएको थियो । कार्यक्रममा उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कंडेलले औद्योगिक क्षेत्र संगै निर्माण संग जोडिएर वनेको यस उद्योगको सफलताको कामना गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.