सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उखु खेतीमा आधुनिक प्रविधि प्रयोग गरी मनग्ये आम्दानी


  •    न्युजभित्तो/२४ पुष २०७८, शनिबार १२:४२ 
  • कञ्चनपुर, २४ पुस । उखु खेतीमा आधुनिक प्रविधि प्रयोग गरी बेलौरी नगरपालिकाको हात्तीबोझाका किसान असारेराम वडायकले मनग्ये आम्दानी गर्दै आउनुभएको छ । विगत पाँच वर्षदेखि निरन्तर उखुको उत्पादनमा लाग्नुभएका उहाँले वार्षिक रु २४ लाख आम्दानी गर्दै आउनुभएको हो । “प्रविधिको प्रयोगमा जोड दिइएपछि प्रतिवर्ष रु दुई लाखदेखि रु तीन लाखका दरले आम्दानी बढदै गएको छ” वडायकले भन्नुभयो, “इन्टरनेटको माध्यमबाट विश्वमा उखु खेतीका लागि भएका नौला प्रयोगबारे अध्ययन गरी उखु खेतीलाई अगाडि बढाउँदै आएको छु ।”

    छ बिघा जग्गामा प्रतिबिघा दुई हजार क्वीन्टलका दरले उखु उत्पादन गर्दै आउनुभएका उहाँ भारतको महाराष्ट्रका उखु उत्पादक किसानले सामाजिक सञ्जाल फेसवुकमा बनाएको समूहमा समेत जोडिनु भएको छ । उखु उत्पादनका लागि भारतीय किसानले जुन विधि अपनाउछन् त्यही विधि यहाँ लागु गर्दै आएको वडायकले बताउनुभयो ।
    “उखु रोप्नका लागि बेर्ना प्रविधि(सिंगल वर्ड) अपनाएको छु” उहाँले भन्नुभयो, “परम्परागत तरिकाले उखु रोप्दा ८० क्वीन्टल बढी बीउ लाग्ने ठाउमा बेर्ना प्रविधि अपनाउदा १० कुण्टल बीउ मात्रै लाग्ने गरेको छ ।”

    वडायकले उखु रोप्नका लागि ट्रयाक्टरमार्फत ट्रेन्च बनाई घरमै तयार गरिएको उखुको बेर्ना उपकरणकोे सहायताले रोप्नाका साथै गोडमेल, पात काटने, सिँचाई गर्ने, मल राख्ने बिषादी छर्कने कार्यसमेत गर्दै आउनुभएको छ । भारतबाट ल्याइएका बढी उत्पादन दिने विभिन्न जातका उखुको बीउको प्रयोग गर्दै आउनु भएका उहाँले पुराना उखुका जातको तुलनामा भारतीय वैज्ञानिकले तयार गरेका उखुका जात बढी अग्लो हुने र तौल समेत बढी हुनाका साथै आम्दानीसमेत त्यही अनुसारको हुने गरेको बताउनुभयो ।

    “यस वर्ष उखुको उत्पादन राम्रो रहेकाले उत्पादन गत वर्षको तुलनामा दोव्वरले बढी हुन्छ । आम्दानीसमेत त्यही अनुरुप हुन्छ, ” वडायकले भन्नुभयो, ‘‘उखु उत्पादनमा लागेका किसानलाई सरकाले अनुदान र विश्वमा भैरहेका उखु खेती सम्बन्धी नयाँ तरिकाहरु सिकाउन जरुरी छ। नयाँ प्रविधि किसानलाई सिकाएर उत्पादन बढाउन सकेमात्रै उखुमा आत्मनिर्भर बन्न सक्छौं ।”

    किसानले आधा उखु मिलमा बेचेपछि मात्रै मूल्य निर्धारण गर्नाले किसानलाई नभएर चिनी मिललाई फाइदा पुग्ने उहाँको भनाइ थियो । वडायक जिल्लाकै सफल उखु किसानका रुपमा परिचित हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.