सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सचेतना जगाउन विद्यालय पुगे सिडिओ र एसपी


  •    न्युजभित्तो/२४ पुष २०७८, शनिबार १२:१८ 
  •  सप्तरी, २४ पुस । बाल विवाह न्यूनीकरण र लागुऔषध दुव्र्यसन रोकथामका लागि प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक विद्यालय पुग्न थालेका छन् ।राजबिराज नगरपालिका–१६ बोरीयास्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय पुग्नु भएका प्रजिअ जनार्दन गौतमले बालविवाह न्यूनीकरणमा विद्यार्थीहरुको सक्रिय भूमिका रहने बताउनुभयो । बालविवाहले निम्त्याउने असर र यसको न्यूनीकरणका लागि विद्यार्थीले निर्वाह गर्नसक्ने भूमिकाबारे उहाँले जानकारी गराउनुभयो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अविनारायण काफ्लेले समाजमा विद्यमान बाल विवाह र लागु औषध दुव्र्यसनको अवस्था र कानूनी प्रावधानबारे जानकारी गराउनाका साथै यस विषयमा प्रहरीको आगामी योजनाबारे चर्चा गर्नुभयो ।

    बाल विवाह न्यूनीकरण र लागुऔषध नियन्त्रणमा प्रहरी आक्रामक ढङ्गले अघि बढेको छ भन्दै उहाँले प्रहरीको योजनामा स्थानीय तह, अभिभावक, शिक्षक र विद्यार्थीलगायत सबै पक्षबाट सहयोग पु¥याउनु आवश्यक छ भन्नुभयो ।समुदाय–प्रहरी साझेदारी अवधारणा अनुरुप सामुदायिक सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयको सयुक्त आयोजनामा भएको कार्यक्रममा राजविराज–१६ का वडाध्यक्ष बुचाई दास, विद्यालयका शिक्षक र विद्यार्थीहरूले सचेतनामुलक कार्यक्रम निरन्तर गरिनुपर्नेमा जोड दिए ।

    केन्द्रका अध्यक्ष हितनारायण लाल दासको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थी, स्थानीय गाउँका बुद्धिजिवी, नागरिक समाजका अगुवाको सहभागिता थियो ।समुदाय–प्रहरी साझेदारी अवधारणा अनुरुप जिल्ला प्रहरी कार्यालय र उक्त केन्द्रको सयुक्त आयोजनामा आर्थिक वर्ष २०७८÷०७९ मा ३३५ वटा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भैसकेको केन्द्रका सचिव संजय शर्माले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.