सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइने


  •    न्युजभित्तो/२४ पुष २०७८, शनिबार ११:४५ 
  • दमौली, २४ पुस । तनहुँको व्यास नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाएका संरचना हटाउने भएको छ । नगरक्षेत्रभित्र विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन नगरपालिकाले चासो देखाएको हो ।

    नगरपालिकाले त्यस्ता संरचना भत्काउन शुक्रबारदेखि १५ दिनको सूचना जारी गरेको छ । अतिक्रमण गरी बनाइएका संरचना हटाउन सम्बन्धित व्यक्तिलाई सूचना दिइएको र यसको अटेरी गरे नगरपालिकाले त्यस्ता संरचना भत्काउने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।

    “सार्वजनिक जग्गाको संरक्षण गर्ने जिम्मेवारी सरकारको हो, सोही बमोजिम अतिक्रमित जग्गा फिर्ता ल्याउन संरचना भत्काउने निर्णय गरेका छौ”, उहाँले भन्नुभयो । उहाँका अनुसार व्यास नगरपालिका–२ डाङ्ग्रेखोल्सीमा सबैभन्दा बढी जग्गा अतिक्रमण भएको छ । साथै व्यास नगरपालिका–१ र १० मा पनि सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाइएको छ ।

    नगरपालिकाका घरनक्सा शाखा प्रमुख इञ्जिनीयर अमृत केसीले सरकारी जग्गा मिचेर १४ वटा घर निर्माण भएको जानकारी दिनुभयो । “४८ वटा संरचना अनियमित तरिकाले बनेका छन्, त्यसमध्ये १४ वटा संरचना जग्गा अतिक्रमण गरेरै बनेका हुन्”, उहाँले भन्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.