सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लोकतन्त्र ल्याउन पत्रकारको महम भूमिकाः मन्त्री जोशी


  •    न्युजभित्तो/२३ पुष २०७८, शुक्रबार १६:०१ 
  • सुदूरपश्चिम, २३ पुस । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले मुलुकमा लोकतन्त्र ल्याउन पत्रकारको अहम् भूमिका रहेको बताउनुभएको छ । काठमाडौँस्थित तुलसादेवी हरिहर फाउन्डेसनद्वारा आज कैलालीको धनगढीमा आयोजित ‘पत्रकार आचारसंहिता तालिम शुभारम्भ गर्दै उहाँले लोकतन्त्र र सङ्घीय व्यवस्था ल्याउन सञ्चारकर्मीहरूले ठूलो योगदान पु¥याएका थिए भन्नुभयो । पछिल्लो समय सामाजिक सञ्जाल र पत्रकारिता एउटैजस्तो देखिन थालेकोले यसबाट माथि उठेर काम गर्न उहाँले सञ्चारकर्मीलाई सुझाउनुभयो ।

    “आचारसंहिता पालना गर्नु भनेकै मर्यादामा रहेर काम गर्ने हो । त्यो हामी सबैले बुझ्नुपर्छ ।विचारमा प्रस्ट हुनाका साथै सेवा प्रवाह तटस्थ र निष्पक्ष हुनपुग्यो भने प्रेसजगत्प्रति विश्वास बढ्दै जान्छ,” कानुनमन्त्री जोशीले भन्नुभयो, “फरक विचार राख्न पाउनु पनि लोकतन्त्रको सुन्दर पक्ष भएकाले कसैलाई निषेध नगरीे मर्यादित पत्रकारितमा लाग्नु पर्छ ।”

    प्रशिक्षक यशोदा तिमल्सिनाले पत्रकारिताजगत्मा पनि समानुपातिक महिला सहभागिता आवश्यक रहेको औँल्याउनुभयो । प्राकृतिक अङ्ग महिला पुरुषबीच बाँड्न नसकिए पनि अवसर वितरणमा समानता कायम हुनुपर्ने भन्दै उहाँले पछिल्लो समयमा महिलाहरु पनि हरेक काम गर्न सक्षम बन्दै गएको जिकिर गर्नुभयो ।
    नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश अध्यक्ष देवीराम देवकोटा र कैलाली जिल्ला पत्रकार महासङ्घका हिमाल जोशीले पत्रकारहरु राजनीतिक दलमा आबद्ध हुने प्रवृत्तिले पत्रकारिता क्षेत्रमा चुनौती बढ्दै गएको टिप्पणी गर्नुभयो । दुई दिनसम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा राष्ट्रिय समाचार समितिका प्रधानसम्पादक एकराज पाठक, यशोदा तिमल्सिना, मनमोहन स्वाँर, चित्राङ्ग थापा, डिल्लीरमण सुवेदीले प्रशिक्षण दिनुहुने आयोजक संस्थाका अध्यक्ष सरु सुवेदीले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.