सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन जिल्ला लिग : यात्राको बिजयी सुरुवात


  •    न्युजभित्तो/२३ पुष २०७८, शुक्रबार १५:४५ 
  •  

    चितवन ,२३ पुस  ।  सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा बगान यात्रा ग्रुपले बिजयी सुरुवात गरेको छ । आज (शुक्रबार) भएको पहिलो खेलमा यात्राले रामपुर फुटबल क्लब रड्सलाई १-० ले पाखा लगायो ।

    यात्राको जितमा विवेक थापा मगरले गोल गरे । खेलमा रामपुरले गोल गर्ने प्रसस्तै अवसर पाए पनि सदुपयोग गर्न सकेन । यात्राका डिफेन्डर र गोलरक्षक रामपुरका लागि बाधक बने ।

    यात्राले कमै अवसर पाए पनि प्राप्त अवसर सदुपयोग गर्‍यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा यात्राले गोल गर्न सफल भयो । खेलको ६६ औं मिनेटमा यात्राका विवेकले डि बक्स बाहिरबाट सुन्दर चिप गोल गरे । उक्त गोल नै खेलको निर्णायक गोल बन्यो ।

    खेलको म्यान अफ दि म्याच यात्राका गोलरक्षक सौरभ कंडेल घोषित भए । उनले आधा दर्जन बढी उत्कृष्ट बचाउ गरेका थिए । जितसंगै यात्राले ३ अंक बटुल्यो ।

    खेलपछि यात्राका प्रशिक्षक खेलाडीहरुको प्रदर्शनबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिए । अर्को खेलमा गल्ती सुधार गर्दै राम्रो प्रदर्शन गर्ने समेत उनले बताए ।

    आजको दोस्रो खेलमा पानस युवा क्लब र वातासिनो जि ब्वाइज भिड्नेछन् । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग माघ ८ गतेसम्म चल्नेछ । लिगमा १३ टोली सहभागी छन् ।

    लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५-२५ हजार प्राप्त गर्नेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.