सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘जित्ने र अधिकार बढी हुने ठाउँमा पुरुषले महिलालाई अवसर दिँदैनन्’


  •    न्युजभित्तो/२३ पुष २०७८, शुक्रबार १२:१६ 
  • झापा, २३ पुस । संविधान प्रदत्त महिला अधिकार व्यवहारमा अझै कार्यान्वयनमा आउन नसकेको जिल्लाका अगुवा महिलाले व्यक्त गर्नुभएको छ । दलहरुकै असहयोगले आफुहरु नेतृत्वमा पुग्न नपाएको उनीहरुको गुनासो छ ।

    नारी सञ्चारगृह झापाद्वारा विहीबार यहाँ आयोजित महिलाले भोग्नु परिरहेका समस्या विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागी वक्ताले महिलाले घरेलु हिंसासँगै राजनीतिक विभेद र हिंसा व्यहोर्नुपरेको बताउनुभयो ।

    त्रिदेव बहुमुखी क्याम्पस चारआलीकी अध्यापक सावित्रा दाहालले झापाको १३१ वडामध्ये तीन वडामा महिला वडाध्यक्ष रहेको र १५ पालिकामध्ये कमल गाउँपालिकामा मात्र प्रमुख पदमा महिलाले जिम्मेवारी सम्हाल्ने अवसर पाएको तथ्याङ्क प्रस्तुत गर्दै संविधानले भनेजस्तो महिलाको ३३ प्रतिशत सहभागिता नभएको बताउनुभयो ।

    मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले नगरपालिकाको बजेट तर्जुमा गर्ने जिम्मेवारी उपप्रमुखलाई दिइएको भए तापनि प्रमुखले प्रमाणीकरण नगरी बजेट पारित नहुने व्यवस्थाका कारण उपप्रमुख निर्णायक नरहेको गुनासो गर्नुभयो ।

    नेकपा (माओवादी केन्द्र)का नेतृ पनिता ढकालले महिलालाई राजनीतिक दलहरुले अवसर प्रदान गर्न कञ्जुस्याइँ गरे तापनि महिलाले विद्रोह गर्न तयार हुनुपर्ने धारणा राख्नुभयो । सञ्जीवनी महिला संस्थाकी अध्यक्ष रेणुका डाँगीले संविधानले दिएको अधिकार लिन नसक्नुमा महिलामा साझा धारणा बन्नु नसक्नु सबैभन्दा ठूलो बाधक रहेको बताउनुभयो ।

    नेकपा (एकीकृत समाजवादी) निकट अनेमसङ्घ प्रदेश नं १ की उपसचिव सविता भेटवालले महिलाको खुट्टा तान्ने काम महिलाबाटै हुने गरेको चर्चा गर्दै महिलाबीच एकताको खाँचो औँल्याउनुभयो । मेचीनगर नगरपालिका कार्यपालिका सदस्य बृन्दा प्रसाईँले महिला जनप्रतिनिधि पुरुष जनप्रतिनिधिबाट हेपिने गरेको अनुभूति सुनाउँदै महिलाका आवाजलाई बैठकमा महत्व नदिइएको गुनासो गर्नुभयो । अर्का सदस्य निर्मला परियारले प्रमुख पदमा महिलालाई पु¥याउन सबै दलका महिलाले सहयोग पु¥याउनुपर्ने बताउनुभयो ।

    नेपाली कांग्रेसका नेतृ बीना तामाङले महिलालाई अझै पनि पिञ्जडाको सुगाजस्तो बनाइएको धारणा व्यक्त गर्दै महिलाको अधिकार कागज र भाषणमा सीमित रहेको बताउनुभयो । सामाजिक अगुवा सरस्वती सिटौलाले महिलाले कति सम्मान र अधिकार पाएका छन् भनेर हेर्न राजनीतिक तथा सामाजिक संस्थाका मञ्चमा हुने थोरै महिला सहभागिताले प्रष्ट पार्ने बताउनुभयो । महिला जनचेतना केन्द्र मेचीनगरकी अध्यक्ष राधा प्रधानले महिला सक्षम र योग्य भएर पनि राजनीतिक दलहरुले अवसर नदिएका कारण नीति निर्माण तहमा पुग्न नसकेका छैनन् भन्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.