सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सार्वजनिक सम्पत्तिको संरक्षण गर्न देवघाटधामका अतिक्रमित संरचना भत्काउन सुरु


  •    न्युजभित्तो/२३ पुष २०७८, शुक्रबार १०:१५ 
  • नवलपुर, २३ पुस । पवित्र तीर्थस्थल देवघाटधाममा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना भत्कालन सुरु गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट, तनहुँको देवघाट र चितवनको भरतपुर कार्यक्षेत्र रहेको देवघाट क्षेत्र विकास समितिले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जनाउँदै अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो ।

    देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले अतिक्रमण गरेर निर्माण गरिएको संरचना डोजर लगाएर भत्काउन सुरु गरिएको बताउनुभयो । “हामीले चितवनको भरतपुर महानगरपालिका–१ मा पर्ने देवाघाटतर्फबाट सडक मिचेर निर्माण गरिएको घरटहरा भत्काउन सुरु गरेका छौँ”, अध्यक्ष अधिकारीले भन्नुभयो, “बिहीबारमात्रै सीताराम संस्कृत माविदेखि चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुलसम्मको सडक किनारको संरचना हटाउने कामको सुरु गरिएको छ ।”

    चितवनतर्फको देवघाटमा रहेको सीताराम संस्कृत माविबाट झोलुङ्गे पुलसम्म ११ मिटर चौडाइको सडक भए पनि अतिक्रमणमा परेको अधिकारीले बताउनुभयो । सडकको दुवै किनारमा अतिक्रमण गरेर घरटहरालगायत भौतिक संरचना निर्माण गरिँदा सडक साँघुरो हुँदै गएपछि देवघाट क्षेत्र विकास समिति निर्मम भएर लागेको समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेले बताउनुभयो ।

    “क्षेत्र विकास समितिको क्षेत्राधिकारभित्र पर्ने सार्वजनिक सम्पत्तिको संरक्षणमा हामी निर्मम भएर लाग्दैछौँ”, घिमिरेले भन्नुभयो, “हाम्रो क्षेत्राधिकार पर्ने स्थानमा जहाँ जोसुकैले अतिक्रमण गरेको भए पनि त्यस्तो स्थानमा हामीले डोजर चलाएरै भए पनि सम्पत्तिको संरक्षण गर्छौँ ।” सडक साँघुरो हुँदा दुर्घटना बढ्ने तथा देवघाट मेलाका क्रममा बढी भीडभाड हुनेसमेत घिमिरेको भनाइ छ ।

    नजिकिँदै गरेको देवघाट मेलालाई मध्यनजर गर्दै अतिक्रमित संरचना हटाउन सुरु गरिएको देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले बताउनुभयो । देवघाटधाममा स्नानका लागि करिब पाँच लाख तीर्थालु आउने अपेक्षा गरिएको जनाउँदै ढकालले सबैको व्यवस्थापनका लागि पनि सार्वजनिक सम्पत्ति संरक्षण आवश्यक रहेको बताउनुभयो । तीनवटै जिल्लातर्फ जुन स्थानमा सार्वजनिक सम्पत्तिको अतिक्रमण भएको भए पनि आफूहरुले ती स्थान खाली गराउने ढकालले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.