सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणी नदीमा ४० हजार माछाका भुरा छाडियो


  •    न्युजभित्तो/२३ पुष २०७८, शुक्रबार १०:३८ 
  • चितवन, २३ पुस । नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिएको छ । रहु र नैनी जातका माछाका ४० हजार भुरा प्रकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाले नारायणी नदीमा छाडेको हो ।

    जलीय जैविक विविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रित समुदायको आयस्तर अभिवृद्धिका लागि स्थानीय जातका माछा नदीमा छाडिएको कार्यालयका प्रमुख सरोजकुमार यादवले बताउनुभयो । कार्यालयले अघिल्लो वर्ष पनि नारायणीमा ४० हजार भुरा छाडेको र यसपटक स्याङ्जास्थित काली र कोसी नदीमा पनि माछाका भुरा छाड्ने योजना रहेको यादवले बताउनुभयो । यसअघि मकवानपुरको सामारी नदीमा पनि ३४ हजार माछाका भुरा छाडेको उहाँकोे भनाइ छ ।

    खोलानालामा फोहर ढल मिसाउने, विषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्नेलगायतका कारणबाट जलचर मासिने क्रम बढेकाले यसको संरक्षण गरी नदीमा आश्रित समुदायको जीवनस्थर विकासका लागि आफूहरुले यो कार्यक्रम गरेको यादवको जानकारी दिनुभयो । मेचीबाट महाकालीसम्म कार्यक्षेत्र रहेको यस कार्यालयले नदीनालाको अध्ययन गरी कुन माछा सङ्कटमा छ त्यसका आधारमा माछालाई प्रवद्र्धन गर्न माछाका भुरा छाडिँदै आएको उहाँले बताउनुभयो ।

    नेपालमा चार लाख एक हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र देशमा उत्पादन हुने कूल ९७ हजार मेट्रिक टन माछामध्ये २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने गरेको कार्यालयले जनाएको छ । प्राकृतिक जलाशयमा चार लाख जनसङ्ख्या निर्भर रहने गरेको यादवले जानकारी दिनुभयो । जलाहारी, बोटेलगायत समुदायको आयस्तर विकास गर्न र नदीनालाबाट माछा मारेर जीवन निर्वाह गर्ने समुदायको हितका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो । यसले पानीमा आश्रित गोहीलगायतका जनावरलाई समेत फाइदा पुग्ने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.