सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुर्खेतमा थपिए १० हजार बढी मतदाता


  •    न्युजभित्तो/२२ पुष २०७८, बिहीबार १३:४७ 
  • कर्णाली, २२ पुस । प्रदेश निर्वाचन कार्यालयले स्थानीयस्तरसम्म मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गरेपछि सुर्खेतमा १० हजार बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले मङ्सिरदेखि पुस १८ गतेसम्म स्थानीय तहमा सञ्चालन गरेको विशेष अभियानबाट सुर्खेतमा १० हजार ४१४ नयाँ मतदाता थपिएका हुन् ।

    प्रदेश निर्वाचन कार्यालय सुर्खेतले विशेष अभियान सकिए पनि जिल्ला प्रशासन, निर्वाचन कार्यालय र इलाका प्रशासनबाट नियमित मतदाता नामावली दर्ता भइरहेको जनाएको छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले निर्वाचनको मिति घोषणा नहुञ्जेलसम्म मतदाता नामावली सङ्कलन कार्य चलिरहने हुँदा मतदाता सङ्ख्या अझैं बढ्ने बताउनुभयो । उहाँका अनुसार अन्य जिल्लाका एक हजार ६१० जनाले सुर्खेतबाट नामावली दर्ता गराएका छन् । उनीहरुको मतदाता विवरण भने सम्बन्धित जिल्लामै कायम हुनेछ ।

    यसअघि सुर्खेतमा दुुई लाख १३ हजार मतदाता थिए । निर्वाचन आयोगले स्थानीयस्तरमै जनशक्ति परिचालन गरी पहिलो र दोस्रो चरणको मतदाता नामावली सङ्कलन गर्न विशेष अभियान सञ्चालन गरेको थियो । प्रदेश निर्वाचन अधिकारी चालिसेले सुर्खेतका स्थानीय तहमा मङ्सिर १७ देखि पुस २ गतेसम्म पहिलो चरण तथा पुस ४ देखि १८ गतेसम्म दोस्रो चरणको अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । विशेष अभियानमा छुटेका व्यक्तिले इलाका प्रशासन कार्यालय बाबियाचौर, जिल्ला प्रशासन र निर्वाचन कार्यालयमा नाम दर्ता गराउन सकिने उहाँको भनाइ छ ।

    विशेष अभियानका क्रममा चिङ्गाडमा १९८, चौकुनेमा ६५६, सिम्तामा ४४१ र बराहताल गाउँपालिकामा ५०४ तथा लेकबेँसीमा ९८४, गुर्भाकोटमा एक हजार ४०२ र भेरीगङ्गा नगरपालिकामा दुई हजार ६७ नयाँ मतदाता थपिएका छन् । त्यस्तै पञ्चपुरी नगरपालिकाको इलाका प्रशासन कार्यालय बाबियाचौर तथा वीरेन्द्रनगर नगरपालिकाको जिल्ला प्रशासन र प्रदेश निर्वाचन कार्यालयबाटै नामावली सङ्कलन गरिएको थियो । जिप्रकाबाट एक हजार ७१४, इलाका प्रशासन कार्यालय बाबियाचौरबाट एक हजार ५४ र प्रदेश निर्वाचन कार्यालयबाट एक हजार २९३ जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
    –––

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.