सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

टहरामा सञ्चालित बाल केन्द्र, चिसो भुइँमा बसेर पढ्न बाध्य बालबालिका


  •    न्युजभित्तो/२२ पुष २०७८, बिहीबार ११:२२ 
  • कञ्चनपुर, २२ पुस । शुक्लाफाँटा नगरपालिका–१२ चित्रपुरमा रहेको बालविकास केन्द्रका बालबालिका चिसो भुइँमा बसेर बढ्न बाध्य भएका छन् । वनहरा नदीको बगरमा वर्षौं पहिले बनाइएको टहरामा सञ्चालित बालविकास केन्द्रमा अध्ययनरत बालबालिका फर्निचरको अभावमा चिसो भुइँमा बसेर पढ्न बाध्य भएका हुन् ।

    दुर्गम विपन्न बस्तीका बासिन्दाले विद्यालय टाढा हुँदा बालबालिकालाई पढाउनका लागि गाउँ नजिकैको नदीको बगरमा विसं २०४८ देखि बालविकास केन्द्र सञ्चालन गर्दै आएका छन् । “बालविकास केन्द्र सञ्चालन हुँदै आएको टहराको भुइँमा बालुवा छ, चिसो बालुवामै बसेर बालबालिका पढ्दै आएका छन्”, स्थानीयवासी जनक कार्कीले भन्नुभयो, “अभिभावकको आर्थिक अवस्था निकै दयनीय छ, गाउँका अधिकांश परिवारले मजदुरी गरी जीविका चलाउँदै आएका छन्, मजदुरी नगरे चुलोमा आगो बल्दैन, घर चलाउनै मुस्किल भएका बेला विद्यालयलाई सहयोग गरी फर्निचरको व्यवस्था गर्न सकिएको छैन ।”

    गर्मीका बेला बालुवा तात्ने भएकाले बालबालिका टहरामा बस्न नसक्ने बालविकास शिक्षिका सुमिता रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “थोरै हावा चलेपछि बालुवा उडन थाल्छ, बालबालिका बिरामी पर्ने गरेका छन्, हिउँदका बेला भुइँको बालुवा निकै चिसो हुँदा बालबालिकालाई बस्न निकै अप्ठेरो हुने गरेको छ ।”

    घाम लागेका बेला चौरमा राखेर पढाउने गरे पनि अरु बेला कक्षा सञ्चालन गर्न निकै अप्ठेरो रहेको उहाँले बताउनुभयो । टहराको माथि राखिएका वर्षौं पुराना जस्तापातामा खिया लागेर ठाउँ ठाउँमा प्वाल पर्दा चुहिने गरेकाले थोरै बर्सातमा पनि कक्षा सञ्चालन गर्न सकिने अवस्था नरहेको उहाँले जानकारी दिनुभयो ।

    “वडा कार्यालयमार्फत नगरपालिकालाई बालबालिका बस्नका लागि कारर्पेट, गुन्द्रीको व्यवस्था गरिदिनका लागि माग राख्दै आएका छौँ”, उहाँले भन्नुभयो, “सुनवाइनै हुन सकेको छैन, अश्वास दिन्छन्, त्यसपछि कोही फर्केर आउदैनन् ।” बालविकास केन्द्रमा खेल सामग्रीको समेत अभाव रहेको उहाँको भनाइ छ ।

    बालविकास केन्द्रमा कृष्णपुर नगरपालिका–३ र शुक्लाफाँटा नगरपालिका–१२ का पाँच वर्षमुनिका ३५ बढी बालबालिका पढ्दै आएका छन् । यस क्षेत्रमा पहिला आधारभूत तहको विद्यालय नै सञ्चालमा रहेको थियो । बाढीजन्य प्रकोपका कारण विद्यालय विस्थापनमा परेपछि स्थानीय बासिन्दाले बालबाविकास शिक्षकको व्यवस्था गरी बालविकास केन्द्र सञ्चालन गर्दै आएका छन् ।

    स–साना बालबालिकालाई नदी तारेर टाढाको विद्यालय पढाउन सकिने अवस्था नहुँदा बालविकास केन्द्र सञ्चालन गर्नु परेको सुवा रानाले बताउनुभयो । “कठ्याङ्ग्रिदो चिसोमा बालबालिका भुइँमा बसेर पढ्न बाध्य भए पनि नगरपालिकाको यसतर्फ ध्यान जान सकेको छैन”, उहाँले भन्नुभयो, “पानी पिउनका लागि समेत धारा नहँुदा बालबालिका स्थानीय बासिन्दाको घरमा पुगेर पानी पिउने गरेका छन ।”

    शुक्लाफाँटा–१२ का वडाध्यक्ष बाले राना दुर्गमको आदिवासी जनजाति र दलित समुदायको बसोवास रहेको क्षेत्र रहेको भए पनि थोरै बजेट विनियोजन हुने गरेकाले बालविकास केन्द्रको स्तरोन्नति गर्न नसकिएको बताउनुहुन्छ । नगरपालिकाबाट थोरै बजेट विनियोजन हुँदा सबै क्षेत्रमा बाँड्दा बालविकास केन्द्र छुट्ने गरेको उहाँले बताउनुभयो ।

    शुक्लाफाँटाका नगर प्रमुख दिलबहादुर ऐर बालविकास केन्द्रको अवस्थाबारे हालसम्म कुनै पनि निकायबाट जानकारीसम्म पाउन नसकेको बताउनुहुन्छ । “बालविकासको भौतिक पूर्वाधार निर्माण, फर्निचर आवश्यक शैक्षिक सामग्रीका लागि प्रस्ताव आएमा आवश्यक बजेटको व्यवस्था गर्छौं”, उहाँले भन्नुभयो, “पिछडिएको दुर्गमा क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको छु ।” (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.