सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय नागरिक पार्टीको विशेष महाधिवेशन शनिबार


  •    न्युजभित्तो/२१ पुष २०७८, बुधबार १५:०५ 
  • काठमाडौँ, २१ पुस । राष्ट्रिय नागरिक पार्टीको विशेष महाधिवेशन आगामी शनिबार हुने भएको छ । सो पार्टीले आज पत्रकार सम्मेलन गरी यही पुस २४ गते धुम्बाराहीमा विशेष महाधिवेशन गर्न लागेको जानकारी दिएको हो ।

    सो पार्टीका अध्यक्ष शुक्रबहादुर गुरुङले विधान संशोधन र कार्यसमिति चयनका लागि विशेष महाधिवेशन आह्वान गरिएको जानकारी दिनुभयो । शिक्षा र स्वास्थ्यलाई निःशुल्क गराउनुपर्ने मुख्य एजेण्डा बोकेको उक्त पार्टीले युवालाई विदेश पलायन हुनबाट रोक्न विनाधितो सहुलियत ब्याजदरमा रु १५ लाखसम्म ऋण उपलब्ध गराउन सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

    राष्ट्रिय नागरिक पार्टीले हाल देशभर ३१ जिल्लामा आफ्नो सङ्गठन विस्तार गरिसकेको छ । विशेष महाधिवेशनपछि देशभर ७७ वटै जिल्ला र सबै स्थानीय तहमा आफ्नो सङ्गठन विस्तार गर्ने अध्यक्ष गुरुङले बताउनुभयो । विसं २०७० सालमा स्थापना भएको राष्ट्रिय नागरिक पार्टीले विसं २०७५ मा पहिलोपटक विशेष महाधिवेशन गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.