सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवलपुरमा एघार हजार थपिए नयाँ मतदाता


  •    न्युजभित्तो/२१ पुष २०७८, बुधबार १३:३४ 
  • नवलपुर, २१ पुस । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममा ११ हजार बढीले नामावली दर्ता गरेका छन् । जिल्लामा मङ्सिर १७ देखि पुस २ गतेसम्म पहिलो चरण र पुस ५ देखि पुस १९ गतेसम्म दोस्रो चरणमा मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम सञ्चालन गरिएको थियो ।

    जिल्लामा रहेका आठ स्थानीय तहमध्ये पहिलो चरणमा चार गाउँपालिकाबाट तीन हजार ९०३तथा दोस्रो चरणमा तीन नगरपालिकाबाट सात हजार ४२२ ले मतदाता नामावलीमा नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालकाअनुसार जिल्ला सदरमुकाम कावासोतीमा भने दुई स्थानबाट नियमित नामावली सङ्कलनको काम भइरहेकाले मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम गरिएको थिएन । स्थानीय तहमा सञ्चालित विशेष कार्यक्रम (घुम्ती टोली)मा नामावली दर्ता गराउनेमध्ये सबैभन्दा बढी गैँडाकोट नगरपालिकामा दुई हजार ९२३ छन् ।

    उहाँका अनुसार मध्यविन्दु नगरपालिकामा दुई हजार ८२२, देवचुली नगरपालिकामा एक हजार ६७७, विनयी त्रिवेणीमा एक हजार ६६२, हुप्सेकोटमा एक हजार १४०, बुलिङटारमा ४४२ र बौदिकाली गाउँपालिकामा ६५९ जनाले नाम दर्ता गराएका छन् ।

    एक महिनासम्म सञ्चालित विशेष कार्यक्रमबाट सात स्थानीय तहका ११ हजार ३२५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका कार्यालयले जनाएको छ । जिल्लाका सात स्थानीय तहमा विशेष अभियान सकिएको भए पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली सङ्कलनको काम जारी रहेको उहाँले बताउनुभयो ।

    उहाँका अनुसार जिप्रका गत साउनदेखि मङ्सिर मसान्तसम्म चार हजार २६८ जनाले नाम दर्ता गराएका छन् । त्यस्तै, जिल्ला निर्वाचन कार्यालयबाट दुई हजार ५३३ जनाले नाम दर्ता गराएका जिल्ला निर्वाचन अधिकारी भुसालले जानकारी दिनुभयो ।

    स्थानीय तहमा सञ्चालित विशेष अभियानसहित यस आवमा जिप्रका र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या १८ हजार १२६ रहेको उहाँले बताउनुभयो । “जिल्लामा यस आवमा मतदाता नामावलीमा नाम दर्ता गराउने सबै मतदाता होइनन्” उहाँले भन्नुभयो, “हामीले फोटोसहितको मतदाता नामावलीको फारम भर्दा १६ वर्ष पुगेपछि भर्न मिल्छ, तर मतदाता हुनका लागि १८ वर्ष पुग्नुपर्छ ।” अहिले फारम भरेका तर १८ वर्ष नपुगेका नागरिकको १८ वर्ष उमेर पुगेपछि मात्रै मतदाता नामावलीमा नाम दर्ता हुने उहाँले जानकारी दिनुभयो ।

    नागरिकता बनाएका सबैले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन पाउने भए पनि १८ वर्ष पुगेका बालिकले मात्रै मतदाता परिचयपत्र पाउने जनाइएको छ । अन्य जिल्लामा स्थायी ठेगाना भएका तर नवलपुरमा बसोबास गर्दै आएका व्यक्तिलेसमेत जिल्ला निर्वाचन कार्यालयमा गएर मङ्सिर महिनादेखि मतदाता नामावलीमा नाम दर्ता गराउन सुरु गरिएको जनाउँदै उहाँले अन्य जिल्लाका ४२ जनाले नामावलीमा नाम दर्ता गरेका बताउनुभयो ।

    त्यस्तै, नामावलीमा भएको त्रुटी सच्याउनका लागि ७६ जनाले निवेदन दिएका छन् भने मतदानस्थल परिवर्तन (ठाउँसारी)का लागि ५९८ जनाले निवेदन दिएका भुसालले बताउनुभयो । जिल्लामा हाल दुई लाख ३७ हजार ८२ जना मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी भुसालको भनाइ छ ।

    विसं २०७७ पुस ५ गतेसम्म जिल्लामा एक लाख २४ हजार ९८० महिला, एक लाख १२ हजार ९८ जना पुरुष तथा चार जना तेस्रो लिङ्गी मतदाता रहेका जनाइएको छ । जिप्रकामा भइरहेको मतदाता नामावली सङ्कलनमा नयाँ नामावली दर्ताको काम मात्रै हुने भएकाले विवरण सच्याउने, नामावलीबाट नाम हटाउने, विवाह, बसाइँसराइका कारण नाम थप्नेलगायतको काम गर्न जिल्ला निर्वाचन कार्यालयमा नै जानुपर्ने बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.