सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विमानस्थलमा सञ्चालित सटल बस सेवाले यात्रुलाई सहज


  •    न्युजभित्तो/२१ पुष २०७८, बुधबार ११:५८ 
  • काठमाडौँ, २१ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन गरिएको निःशुल्क सटल बस सेवाले यात्रुलाई निकै सहज भएको छ । विमानस्थलमा रहेका कतिपय ट्याक्सी चालकले मिटरमा जान नमान्ने तथा भाडा महङ्गो लिएर यात्रुलाई दुःख दिएको गुनासो बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले तीन माइक्रो बसलाई सटल बसका रुपमा सञ्चालनमा ल्याएको थियो ।

    ती बसहरुले धामाधम सेवा दिन थालेपछि यात्रुलाई अहिले निकै सहज तथा राहत भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाइँले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “सटल बस सेवाले यात्रुलाई निकै राहत भएको छ, विमननस्थलमा आएका यात्रुहरुलाई गाडी पाउनै मुस्किल पर्ने समस्या हटेको छ ।” उहाँका अनुसार सटल बसहरुले दैनिक रुपमा बिहानदेखि बेलुकीसम्म आफ्नो सेवा दिन थालेपछि ट्याक्सी चालकको झन्झटबाट यात्रुहरुले मुक्ति पाएका छन् । बस सेवाले विमानस्थलदेखि गोल्डेन गेट र गोल्डेनदेखि विमानस्थलसम्म निःशुल्क सेवा दिँदै आएपछि त्यहाँ यात्रा गर्ने सयौँ यात्रुलाई सहज भएको छ ।

    सो सेवा सुरु भएपछि यात्रुका सरसामानदेखि अन्य कुराहरु गोल्डेन गेटसम्म लैजान र विमानस्थलसम्म पु¥याउन सहज भएको हुँदा यात्रुहरु खुसी भएका विमानस्थलका कर्मचारी यज्ञराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “ सटल बस सेवा सुरु भएपछि यात्रुलाई यात्रा गर्न सहज भएको छ, उक्त कामको यात्रुले खुलेर प्रशंसा गरिरहेका छन् ।

    विमानस्थलले वैदेशिक रोजगारका लागि विभिन्न मुलुक जाने श्रमिकहरूका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम घर पनि सञ्चालनमा ल्याइएको छ । विश्रामस्थलमा तातो चिसो पानी, टेलिफोन, टिभी, मोबाइल चार्ज, फ्लाइट डिस्प्ले, वाइफाई र मन्त्रालय÷विमानस्थलको हटलाइन नम्बर राखिएको छ । वैदेशिक रोजगारमा जाने यात्रुहरूलाई कुनै समस्या परे उक्त हटलाइनमा फोन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

    हाल कूल २५ क्षमता भएको उक्त विश्रामस्थल निकट भविष्यमा ३०० व्यक्ति अटाउने क्षमताको बनाइने बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.