सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हुप्सेकोटका पहिरापीडित भन्छन्, ‘राति शीत चुहिँदा सुत्नै सकिन्न’


  •    न्युजभित्तो/२१ पुष २०७८, बुधबार ११:३२ 
  • कावासोती, २१ पुस। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिका–५ का पहिरापीडित चिसो मौसममा पालमुनि बसेर रात काट्न बाध्य छन् । गत साउनमा बाखखोर गाउँ पहिराको जोखिममा परेपछि उनीहरुलाई प्रहरीले उद्धार गरी हुप्सेकोटको बेलुवास्थित विद्यालयमा राखेको थियो ।

    करिब तीन महिना विद्यालयमा बिताएका १८ परिवारको अहिले बिचल्ली भएको छ । विद्यालयमा पढाइ सुरु भएसँगै बेलुवास्थित खोला छेउको बसपार्क निर्माणस्थलमा टेन्टको टहरामा बसेको तीन महिना पुग्न थालेको छ । पहिराले गाउँ नै चिरा पर्न थालेपछि प्रहरीले उनीहरूको उद्धार गरेको थियो । पहिराबाट विस्थापित तीन परिवार अझै नजिकैको विद्यालयमा तथा दुई परिवार वडा नं १ कार्यालय परिसरमा बस्दै आएका छन् ।

    तेह्र परिवार भने पालमुनि बस्दै आएका छन् । पीडित परिवारको पीडा खपिनसक्नुको छ । पालमुनि बसेर पहिरापीडित अठार परिवारका १२८ जनाले पुसको चिसो सिरेटो र शीतलहरको सास्ती झेलिरहेका छन् । ६ रोपनी जग्गा र घर भएका तमबहादुर रानाको बास हाल पालमुनि छ । उहाँको परिवारका आठ सदस्य अहिले सानो पालमुनि अटाएका छन् । उहाँसँग अन्य विकल्प छैन । “घर भत्किएको छ, जोत्ने जमिनमा धाँजा फाटेको छ, यहाँ रात काट्न ग्राहो भएको छ”, तमबहादुरले भन्नुभयो, “राति शीत चुहिँदा सुत्नै सकिन्न, हामीसँग विकल्प छैन ।”

    चिसो मौसममा पालमुनि बास बस्नु पीडादायी भएको मीनबहादुर सोमैले गुनासो गर्नुभयो । बालबच्चासहित एउटै पालमा रात काट्नुपर्ने अवस्था छ । चिसोका कारण बालबालिका बिरामी पर्लान् कि भन्ने उहाँलाई चिन्ता छ । “चिसो छ, बालबच्चा बिरामी पर्लान् कि भन्ने पीर, एउटै टेन्टभित्र बस्नुपरेको छ, योभन्दा पीडा र दुःख केही हुन्छ र ?”, उहाँले भन्नुभयो, “कहिले टेन्टको बासबाट मुक्ति पाइएला खै ?”

    पहिराबाट विस्थापितलाई दैनिक छाक टार्न मुस्किल भएको छ । राहतका भरमा चुलो बलेको छ । “काम गरौँ खेत छैन, यहाँ अरु काम पाइँदैन, दैनिक गुजारा चलाउन मुस्किल भएको छ”, ३२ वर्षीय पे्रमबहादुर बाह्रघरेले भन्नुभयो । गाउँमा केही गर्छु भनेर बाख्रापालन सुरु गर्नुभएका उहाँले पहिराका कारण ५० बाख्रा पनि सस्तोमै बिक्री गर्नुभयो । “केही गर्छु भनेर बाख्रापालन सुरु गरेँ, गाउँ नै छाड्नुपरेपछि बिचल्ली भयो”, उहाँले भन्नुभयो, “अहिले यहाँ एउटा कुखुरा पाल्ने ठाउँ छैन, के गरी गुजारा चलाउने ?”

    पहिरापीडित परिवारलाई जुकेपानीस्थित शिवालय सामुदायिक वनसँग जोडिएको सार्वजनिक जग्गामा टिनको अस्थायी टहरा निर्माण गरेर व्यवस्थापन गर्न काम सुरु गरिएको छ । पहिराबाट पीडितको व्यवस्थापनका लागि टहरो निर्माणको काम चलिरहेको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले बताउनुभयो । जाडो मौसम सुरु हुनुपूर्व नै सार्ने भनिएको भए पनि विविध कारणले ढिला भएको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.