सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दलहरूले सामाजिक एकता कायम गर्नुपर्छ : महामन्त्री शर्मा


  •    न्युजभित्तो/२१ पुष २०७८, बुधबार १०:२८ 
  • कनकाई, २१ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरुले सामाजिक एकता कायम गर्नुपर्ने बताउनुभएको छ । देशको शासन सञ्चालन गरिरहेका प्रमुख राजनीतिक दलहरुले राजनीतिप्रति जनताको आकर्षण बढाउन थप जिम्मेवार बन्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

    झापाको कनकाईमा प्रजातान्त्रिक आन्दोलनका अगुवा स्व तुर्सा हेमरमको २४औँ स्मृति दिवसका अवसरमा आयोजित स्मृतिसभामा महामन्त्री शर्माले मुलुकको समृद्धिका लागि शासन व्यवस्था स्थिर हुनुपर्ने उल्लेख गर्दै विचार अलग भए पनि उद्देश्य एउटै बनाएर साझा सहमतिमा अघि बढ्न सकेमा कसैले निराश बन्नु नपर्ने धारणा राख्नुभयो । सबैकोे भावना एक बनाएर देशलाई समृद्धिको यात्रामा अघि बढाउनुपर्नेतर्फ जोड दिँदै उहाँले पिछडिएका समुदायलाई माथि उठाउने काममा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।

    कनकाई नगरपालिका–१ स्थित नगरपालिकाको कार्यालय नजिकै निर्माणाधीन तुर्सा हेमरम स्मृति प्रतिष्ठान परिसरमा आयोजना गरिएको विविध सांस्कृतिक प्रस्तुतिसहितको स्मृतिसभामा स्व हेमरमको राजनीतिक योगदान र जीवनीका बारेमा चर्चा गरिएको थियो । सो अवसरमा सन्थाल युवाबीच छेलो, दौड, लङजम्प र धनुषकाँड प्रतियोगिता गराइएको थियो ।

    स्व हेमरमले कांग्रेसका संस्थापक नेता बिपी कोइराला र कांग्रेस नेता समाजवादी चिन्तक सिके प्रसाईँको अत्यन्तै निकट रहेर राजनीति गर्नुभएको थियो । विसं १९८० मा जन्मिनुभएका हेमरमको २०५४ पुस २० गते निधन भएको थियो । झापाको शरणामतिमा उहाँको परिवारको स्थायी बसोबास छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.