सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पृथ्वी जयन्तीका दिन चितवनमा साँस्कृतिक झाँकि निकालिने


  •    न्युजभित्तो/२० पुष २०७८, मंगलवार १६:३७ 
  • चितवन,२० पुस । राप्रपा चितवनले पृथ्वी जयन्ती भव्यरुपमा मनाउन ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । राप्रपा चितवनको विशेष बैठकले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा मनाउने निर्णय गरेको जिल्ला प्रवक्ता राजु भण्डारीले जानकारी दिए ।

    जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकालको संयोजकत्वमा मुल आयोजक समिति बनाइएको छ । राप्रपा चितवनले वडा, नगर, प्रदेश र जिल्ला कार्यसमितिका कार्यालयहरुमा पुस २७ गते बेलुका ७ बजे दीपप्रज्वलन गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता भण्डारीका अनुसार २७ गते विहान ११ बजे पञ्चैबाजा, सांस्कृतिक झाँकि सहितको र्यालीले भरतपुर बजार परिक्रमा गरिने छ ।

    र्यालिपछि जिल्ला पार्टी कार्यालयमा पृथ्वीनारायण शाहको योगदानबारे चर्चा सहितको कार्यक्रम हुनेछ । १७७९ पुस २७ मा जन्मेका पृथ्वीनारायण शाहले छरिएर रहेका बाइसे चौबिसे राज्यलाई एकीकरण गरेर आधुनिक नेपाल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । पृथ्वीनारायणलाई राष्ट्र निर्माताका रुपमा लिने गरिन्छ । २०१२ देखि मनाउने गरिएको राष्ट्रिय एकता दिवसलाई २०६२-६३ पछि सरकारले औपचारिक रुपमा मनाउन छाडेको थियो । राप्रपाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस घोषणा गरेर सार्वजनिक विदा दिन सरकारसँग माग गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.