सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकार शासक होइन सेवक हो : मन्त्री कार्की


  •    न्युजभित्तो/२० पुष २०७८, मंगलवार १५:५१ 
  • विराटनगर, २० पुस । आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सरकार शासक होइन जनताका सेवक भएर काम गर्नुपर्ने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले जनतामा निराश बढ्न नदिन सरकारले आफ्नो दायित्व पारदर्शी ढङ्गले पूरा गर्नुपर्ने धारणा राख्नुभयो ।

    उहाँले आफू मन्त्रालय सम्हालेको आज ६४औँ दिनभएको बताउँदै ओमिक्रोन भाइरसबाट आम नागरिकलाई बचाउन सरकार चनाखो छ भत्रुभयो । मन्त्री कार्कीले झापाको मेचीनगर नगरपालिकामा एक हजार शय्याको होल्डिङ सेन्टर छिट्टै सञ्चालनमा आउने जानकारी दिँदै प्रदेशको १४ वटै जिल्लाका सुरक्षा निकायसँग समन्वय गरेर शान्तिसुरक्षाको अवस्थालाई बलियो बनाउनेमा जोड दिनुभयो ।

    उहाँले आपराधिक घटनामा संलग्नलाई कानुनको दायराभित्र ल्याउने भन्दै निर्वाचनलाई लक्षित गरी अराजक गतिविधि गर्ने समूहको गतिविधिलाई निस्तेज पार्ने बताउनुभयो । उहाँले प्रदेशको १३७ वटै पालिकामा स्वयम्सेवक समूह गठन गर्ने र यो समूहले विपद् व्यवस्थापन एवं लागूऔषधविरुद्ध अभियान पनि सञ्चालन गर्ने भन्दै विपद् व्यवस्थापनमा जनतालाई पनि जिम्मेवार बनाउने कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो । मन्त्री कार्कीले प्रदेशका सबै कारागारको व्यवस्थापनमा सुधार ल्याउने र निर्माण भएको कानुनलाई अध्ययन गरी संशोधन गर्नुपर्ने भएमा संशोधन गर्ने भन्दै प्रदेशका कानुन अदालत र वारसम्म पु¥याउनु आवश्यकता देखिएको धारणा राख्नुभयो ।

    उहाँले न्यायमा पहुँच नपुगेका नागरिकलाई सहायता गर्न प्रत्येक जिल्लामा सहायता कक्ष स्थापना गर्ने भन्दै सडक दुर्घटना कम गराउन सडक सुरक्षामा सरकार विशेष ध्यान दिने भत्रुभयो । उहाँले ट्राफिक सप्ताह होइन, ट्राफिक सदा नारा आवश्यक छ भन्दै उहाँले भत्रुभयो, “हाम्रो अभियान स्वभिमानी प्रदेश निर्माण ।”

    मन्त्री कार्कीले प्रदेशबाटै राजपत्र छाप्न मेशिन खरिद गर्ने प्रक्रिया अघि बढिसकेको छ भन्दै प्रदेशको प्रत्येक पालिकामा सरकारले एक हेलिप्याड बनाउने र कम्तीमा एउटा हेलिकप्टर सरकारसँग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले यस क्षेत्रमा हुने कुनै प्राकृतिक विपद्मा परेका जनतालाई उद्धार गर्न केन्द्रसँग समन्वय गर्दा ढिलो हुने भएकाले प्रदेशमा हेलिकप्टरको आवश्यकता छ भत्रुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.