सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुन्दरीजलबाट पशुपति क्षेत्रसम्मको वाग्मतीको पानी अध्ययन


  •    न्युजभित्तो/२० पुष २०७८, मंगलवार १५:३४ 
  • काठमाडौँ, २० पुस । वाग्मतीको मुहानस्थलबाट पशुपति क्षेत्रसम्मको नदीमा स्वच्छ पानी बगाउने उद्देश्यले अध्ययन सुरु भएको छ ।

    वाग्मती नदीको सुन्दरीजलबाट पशुपति क्षेत्रसम्मको भागमा ढल मिसिएका स्थानको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले संयुक्त रुपमा अध्ययन सुरु गरेको हो । ढल मिसिएका दुई दर्जनस्थानको पानीको गुणस्तर परीक्षण गरिएको छ ।

    परीक्षणका क्रममा ढल मिसिएको ८० देखि १०० मिटरसम्म पानी बिग्रिएको र त्यसपछि बहने क्रममा गुणस्तर शुद्ध भएको अधिकार सम्पन्न वाग्मती समितिका सूचना अधिकारी कमल अर्यालले राससलाई जानकारी दिनुभयो । वाग्मतीको मुहान क्षेत्रकै पानीमा धमिलोपन बढी देखिएको अध्ययन कार्यदलले जनाएको छ ।

    “मुहान क्षेत्रको गोकर्णमाथि नै चारवटा वासिङ सेन्टर र क्रसरसमेत सञ्चालनमा रहेछन्, ती कम्पनीलाई पनि पत्राचार गरिएको छ, ढल व्यवस्थापन गरेर स्वच्छ पानी बगाउनुपर्छ, गलैँचा एवं विभिन्न उद्योगबाट फोहर पानी आउनेक्रम पनि नरोकिएको भेटिएकाले उद्योग मन्त्रालयसँग समन्वय गरेर कदम चाल्नेछौँ”, उहाँले भन्नुभयो ।

    उत्तरवाहिनी क्षेत्रमा गाई फार्मबाट आएको फोहरले पनि वाग्मती प्रदूषित भएको अध्ययन कार्यदलले फेला पारेको छ । कुकुरलगायत मृत जनावर पनि नदीमा भेटिएको समितिले जनाएको छ । नदी किनारमा कानुन विपरीत काम गर्नेलाई दण्डजरिवाना गर्ने तयारी पनि समितिले गरेको छ । पशुपति क्षेत्रसम्मको पानीको गुणस्तर सुधार गर्न ढल हालिएका स्थानको अध्ययन गरिएको हो ।

    पशुपति क्षेत्रसम्मको नदीमा स्वच्छ पानी बगाउने उद्देश्यले २७ वर्षअघि अधिकार सम्पन्न वाग्मती समितिको स्थापना गरिएको थियो । अध्ययन र पानीको गुणस्तर परीक्षणलाई मनोहरा नदी दोभानसम्म लैजान तयारी भएको छ । मुहान क्षेत्रकै वाग्मती प्रदूषित हुन थालेपछि गोकर्णमा प्रशोधन केन्द्र निर्माणका लागि ठेक्कासमेत भएको छ । गोकर्णमा वाग्मती, सूर्यमती र चन्द्रमतीको पानी प्रशोधन गरिने छ ।

    वाग्मती सफाइ अभियानकर्मी ईश्वर पुडासैनीले ज्यालादारीमा सफाइ गरेर वाग्मतीमा स्वच्छ पानी बगाउन नसकिने बताउनुभयो । स्वयंसेवी अभियानलाई नै निरन्तरता दिनुपर्नेमा अधिकार सम्पन्न वाग्मतीले कार्यकर्ता भर्ती गरेर सफाइ अभियानलाई बदनाम गर्न खोजेको उहाँको आरोप छ ।

    मुहान क्षेत्रकै गुह्येश्वरीमाथिको वाग्मतीमा फोहर थुपार्ने र जलाउने काम भइरहेकामा स्थानीय सरकार र अधिकार सम्पन्न वाग्मती चुप लाग्ने गरेको स्थानीयवासीको गुनासो छ । सरकारी निकायले नै वाग्मती र यसका सहायक नदी ढल हाल्दा पनि अधिकार सम्पन्न वाग्मतीले पत्राचारसमेत नगरेकामा अभियानकर्मी पुडासैनीले दुःख व्यक्त गर्नुभयो ।
    –––

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.