सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ऊर्जामन्त्री भुसालसँग बिमस्टेकका महासचिवको शिष्टाचार भेट


  •    न्युजभित्तो/२० पुष २०७८, मंगलवार १५:२८ 
  • काठमाडौँ, २० पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव तेन्जिन लेक्फेलले शिष्टाचार भेट गर्नुभएको छ ।

    मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच बिमस्टेकको विविध विषयमा छलफल भएको छ ।

    सो अवसरमा महासचिव लेक्फेलले बिमस्टेकका सम्मेलनले पारित गरेका ऊर्जा क्षेत्रका मुद्दालाई अगाडि बढाउने विषयमा सबै सदस्य राष्ट्रहरू सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सन् २०१८ मा सम्झौता भएको ऊर्जासम्बन्धी गुरु योजनाका विषयलाई प्राथमिकताका साथ अगाडि बढाउँदा सदस्य राष्ट्रलाई फाइदा हुने भएकाले त्यसतर्फ नेपाल सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

    महासचिव लेक्फेलले भारतको ब्याङ्लोरमा स्थापना गर्ने भनिएको ‘इनर्जी सेन्टर’ स्थापना गरेर बिमस्टेककै ऊर्जासम्बन्धी माथिल्लो निकाय स्थापना गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

    जवाफमा मन्त्री भुसालले बिमस्टेकस्तरीय जलविद्युत् प्रयोग र प्रवद्र्धनका विषय अन्तरसम्बन्धित रहेको बताउँदै त्यसका लागि नेपालका तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्न आफू तयार रहेको स्पष्ट पार्नुभयो ।

    जलविद्युत् क्षेत्र नेपालका लागि महत्वपूर्ण भएको बताउँदै उहाँले ऊर्जामन्त्रीस्तरीय बैठक उपयुक्त समयमा तोक्ने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “सबै सदस्य मुलुकका लागि उपयुक्त हुने गरी नेपालले मिति तोक्छ, त्यसका लागि हामी फोकल पर्सन तोकेर काम अगाडि बढाउँछौँ ।” सन् २०१० मा भएको मन्त्रीस्तरीय बैठकले नेपालले ऊर्जामन्त्रीस्तरीय बैठकको आयोजना गर्ने जिम्मेवारी पाएको थियो ।

    बिमस्टेकको पाँचाँै शिखर सम्मेलन आगामी ३० मार्च २०२२ मा श्रीलङ्कामा आयोजना गर्ने प्रस्ताव भएको सन्दर्भमा बिमस्टेकका महासचिव लेक्फेल नेपाल भ्रमणमा आउनुभएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.