सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रुपमा मनाऔँ’


  •    न्युजभित्तो/२० पुष २०७८, मंगलवार १४:५४ 
  • काठमाडौँ, २० पुस । विवेकशील साझा पार्टी नेपालले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’का रूपमा मनाइनुपर्ने माग गरेको छ । आगामी साता पर्ने नेपाल राज्यका निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा उक्त पार्टीले आज एक विज्ञप्ति जारी गरी राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिइयोस् भन्ने माग पनि गरेको छ ।

    “संसारका अधिकांश देशहरूमा विशिष्ट महत्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने गरिन्छ जुन स्थायी हुन्छ, नेपालका हकमा हाम्रो निश्चित राष्ट्रिय दिवस छैन, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नै ‘नेपाल दिवस’ का लागि सबैभन्दा उपयुक्त दिन हुनसक्छ भन्ने हाम्रो धारणा हो,” विज्ञप्तिमा भनिएको छ ।

    पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर यही २७ गतेदेखि ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ प्रारम्भ गर्ने तथा उक्त यात्रा माघ १६ गते शहीद दिवसका दिन अन्त्य हुन जनाउँदै यसमा सहभागी हुन सम्पूर्ण नेपालीमा अपिल गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.