सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आदिवासी जनजाति महासङ्घको महाधिवेशन नवलपुरमा


  •    न्युजभित्तो/२० पुष २०७८, मंगलवार १४:४९ 
  • नवलपुर, २० पुस । नेपाल आदिवासी जनजाति महासङ्घको १०औँ राष्ट्रिय महाधिवेशन नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा हुने भएको छ । कावासोतीमै बसेको महासङ्घको तयारी बैठकले आगामी माघ २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।

    दशौँ राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि २१९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको र उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने महासङ्घका अध्यक्ष जीतबहादुर बरामले बताउनुभयो । महाधिवेशनले आउँदो तीन वर्षका लागि नयाँ कार्यसमितिसमेत चयन गर्नाका साथै आदिवासी जनजातिका मुद्दालाई अझै संस्थागत गराउँदै लैजाने उहाँले जानकारी दिनुभयोे । गत जेठ १९ र २० गते सुर्खेतमा गर्ने भनिएको १०औँ महाधिवेशन कोरोना महामारीका कारण स्थगित भएको थियो ।

    नेपाल सरकारले ५९ जातिलाई आदिवासी जनजाति समुदायका रुपमा सूचीकृत गरेको छ ।सूचीकृत सबै जातिको महाधिवेशनमा सहभागिता हुने महासङ्घले जनाएको छ । विसं २०४८ मा स्थापना भएको महासङ्घले पहिचानसहितको अधिकार, मुलुकको हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा प्रतिनिधित्व हुनुपर्ने लगायतका माग राख्दै आएको छ ।
    आदिवासी जनजातिलगायत बहिष्कृत–सीमान्तकृत नागरिकहरूको वैयक्तिक र सामूहिक हक, अधिकार र स्वतन्त्रता हनन हुन नदिने प्रण गर्दै यो महाधिवेशन सफल बनाउनका लागि सबै आदिवासी जनजाति, मधेसी, महिला, दलित, मुस्लिम, अपाङ्ग, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलगायत नागरिक समाज, राजनीतिक दल, मानवअधिकारकर्मी एवम् सम्पूर्ण आम नागरिकहरुलाई सहभागी हुन अपिल गरिएकोे छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.