सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय सभा निर्वाचन : प्रदेश २ मा लोसपाका उम्मेदवार श्याम सरदार र रुपा यादव


  •    न्युजभित्तो/२० पुष २०७८, मंगलवार १२:५० 
  • जनकपुरधाम,२० पुस। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश २ मा उम्मेदवारी दिने भएको छ । लोसपाले सप्तरीका श्याम सरदार र महोत्तरीकी रुपा कुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रदेश दुई अध्यक्ष जितेन्द्र सोनलले जानकारी दिए ।

    सरदार अन्य समूहबाट र यादव महिला समूहबाट उम्मेदवार बनेका हुन् । प्रदेश २ मा दुई पदका लागि हुने निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने छ । सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्षी नेकपा एमाले र विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच प्रतिस्पर्धा हुन लागेको हो ।

    सत्तारुढ गठबन्धनबाट जसपाले अन्य समूहमा सिरहाका मो. खालिद सिद्दिकीलाई र माओवादीले महिला समूहमा पर्साकी उर्मिला अर्याललाई उम्मेदवार बनाएको छ ।

    यस्तै, नेकपा एमालेले अन्य समूहतर्फ धनुषाका असर्फी भिनबार यादव र महिला समूहतर्फ रौतहटकी बिना साहलाई उम्मेदवार बनाएको छ ।

    प्रदेश सभामा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का ३९ सांसद छन् । नेपाली कांग्रेसको १९ सांसद हुँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १६ सांसद छन् । नेकपा एकीकृत समाजवादीका १३ सांसद यो प्रदेशमा छन् ।

    नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ८-८ जना सांसद हुँदा नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.