सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शीतलहर र हुस्सुले जनजीवनमा असर


  •    न्युजभित्तो/२० पुष २०७८, मंगलवार १२:२१ 
  • राँझा, २० पुस । बाँकेमा तीन दिनदेखि जारी शीतलहर र हुस्सुले यहाँको जनजीवनमा असर परेको छ । बिहान र साँझ शीतलहरसँगै बाक्लो हुस्सु लाग्ने गरेकाले नेपालगञ्जको तापक्रम घट्दै गएको छ । चिसोले गर्दा दैनिक ज्यालादारी काम गरेर खानेलाई समस्या हुनाका साथै बिहान विद्यालय तथा कलेज जाने विद्यार्थी पनि मर्कामा परेका छन् ।

    नेपालगञ्जमा आज न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालयका इन्चार्ज पलबहादुर विकले जानकारी दिनुभयो । उहाँका अनुसार शीतलहर र हुस्सुका कारण अहिले भिजिबिलिटी ५० मिटर मात्र रहेको छ । भिजिबिलिटी कम भएका कारण नेपालगञ्ज विमानस्थलबाट कुनै पनि उडान हुन सकेका छैनन् ।चिसो बढेसँगै स्थानीय प्रशासनले ठाउँठाउँमा आगो बालेर ताप लिनका लागि तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले तत्काललाई पाँच हजार किलो दाउरा दिन वन कार्यालयमा पत्र पठाइसकेको जानकारी दिनुभयो ।

    चिसोबाट सर्वसाधारणलाई जोगाउन बाँकेको जानकी गाउँपालिकाले ६ वटै वडामा रहेका गरिब, विपन्न, वृद्ध, अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कम्बल वितरण गरेको छ ।जानकी गाउँपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखाको आयोजनामा वडा नं १ देखि वडा नं ६ सम्मका नागरिकलाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिनुभयो । गाउँपालिकाले सबैलाई समेटिने गरी २७० जनालाई कम्बल उपलब्ध गराएको उहाँको भनाइ थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.