सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जलवायु कूटनीतिलाई सशक्त गराउनुपर्नेमा जोड


  •    न्युजभित्तो/२० पुष २०७८, मंगलवार ११:३८ 
  • काठमाडौँ, २० पुस । जलवायु कूटनीतिलाई एउटा सशक्त माध्यमका रुपमा अगाडि बढाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । दी नेपाल विक्लीले आयोजना गरेको अनलाइन कार्यक्रममा सहभागी वक्ताहरुले जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न ठूला तथा साना राष्ट्रहरुले संवाद र सहकार्यलाई अझ सशक्त रुपमा अगाडि बढाउनुपर्ने र यसबाट बढी असर पुगेका नेपालजस्ता विकासोन्मुख मुलुकहरुले अझ बढी क्रियाशीलता देखाउनुपर्ने धारणा व्यक्त गरे ।

    पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले जलवायु परिवर्तन विश्वभरिका लागि ठूलो समस्या र मानव सभ्यताका लागि चुनौतीका रुपमा देखिएकाले यसको समाधानका लागि विकसित देशहरु अझ बढी चनाखो हुनुपर्ने बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले राष्ट्रिय, प्रादेशिक, स्थानीय र समुदाय स्तरमा जागरुकता र क्रियाशीलता बढाउन तथा अनुकूलनका लागि पर्याप्त मात्रामा उपयुक्त प्रविधि प्रविधि प्रवद्र्धन तथा विकासमा ध्यान दिनुपर्छ भन्नुभयो ।

    वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा मधुसूदन अधिकारीले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपालले वन व्यवस्थापन, नवीकरणीय ऊर्जा प्रविधि प्रवद्र्धन तथा विकासलाई समावेश गरेको र सोको सफल कार्यान्वयनका लागि सरकार तथा निजी क्षेत्रको सामूहिक प्रयासमा जोड दिएको छ भन्नुभयोे । नवीकरणीय ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालले कोइला, पेट्रोल र डिजेलको बढ्दो खपतका कारण जलवायु परिवर्तनको असर देखिएकाले त्यसलाई कम गर्न नवीकरणीय ऊर्जा प्रविधिमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयोे ।

    जलवायु परिवर्तन विशेषज्ञ तथा विश्लेषक मञ्जित ढकालले कोप २६ ले विश्वव्यापी कार्यक्रमहरु अघि बढाउन कार्यदिशा प्रदान गरेको र सघन कार्यक्रम सञ्चालन गर्न आर्थिक र प्राविधिक क्षमता वृद्धिका लागि विभिन्न मञ्चहरुमा छलफल र संवाद हुने आशा व्यक्त गर्नुभयो ।
    प्रकृति रिसोर्स सेन्टर नेपालका कार्यकारी निर्देशक राजु पण्डित क्षेत्रीले कोप २६ र अघिल्ला कोपहरुको उपलब्धि, विश्वस्तरका गतिविधिहरु र नेपालमा जलवायु परिवर्तन न्यूनीकरणका लािग भए गरिएका प्रयासहरुबारे जानकारी गराउनुभएको थियो ।

    यसैगरी वन तथा वातावरण मन्त्रालयका उपसचिव मिलन ढुङ्गानाले सरकार एवं निजी क्षेत्रको सहभागितामा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएकोे जानकारी गराउनुभयोे । दी नेपाल विक्लीका सम्पादक शिरीषवल्लभ प्रधानले विकसित मुलुकमा समेत जलवायु परिवर्तनको असरस्वरुप ठूल्ठूला प्राकृतिक प्रकोप देखिन थालेकाले यसलाई कम गर्न मानवीय आचरण प्रकृतिमैत्री हुनुपर्ने, पृथ्वीमाथि अत्यधिक चाप पार्न नहुने र नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगलाई बढाउनुपर्ने सुझाव दिनुभयो ।

    जलवायु परिवर्तनको असर न्यूनीकरण गर्नाका लागि छलफल गर्न, कार्यनीति तय गर्र्न र कोष व्यवस्थापन गर्न राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी २६औँ विश्व सम्मेलन सम्पन्न भएको डेढ महिना पूरा भएको सन्दर्भमा सो अन्तरक्रिया गरिएको थियो । बेलायतको ग्लास्गोमा आयोजित उक्त सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधनका क्रममा नेपालले भोग्नुपरेको जलवायु परिवर्तनसँग जोडिएका विभिन्न समस्याबारे जानकारी गराउनु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.