सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कञ्चनपुरमा विद्युतीय राहदानी सेवा सञ्चालन


  •    न्युजभित्तो/२० पुष २०७८, मंगलवार १०:३२ 
  • कञ्चनपुर, २० पुस । कञ्चनपुरमा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले राहदानी विभागबाट जारी भएको निर्देशनअनुसार विद्युतीय राहदानी सेवा सञ्चालनमा ल्याएको हो । राहदानी विभागले मङ्सिर २ गते गरेको पत्राचारअनुसार जिप्रका कञ्चनपुरले एमआरपी राहदानीका लागि आवेदन फाराम सङ्कलन गर्ने काम बन्द गरेको थियो ।

    एक महिनादेखि राहदानीको रोकिएको काम आजदेखि सुरु भएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताउनुभयो । “दक्ष जनशक्ति तयार गरी विद्युतीय राहदानी सेवा सञ्चालनमा ल्याएका छौँ”, उहाँले भन्नुभयो, “यसअघि जिल्ला प्रशासन कार्यालयको सिफारिसमा राहदानी विभागले केन्द्रबाट राहदानी उपलब्ध गराउँदै आएको थियो । अब त्यो सेवा जिल्लाबाटै उपलब्ध हुन्छ ।”

    विद्युतीय राहदानीका लागि निवेदन दिँदा राष्ट्रिय परिचयपत्र वा सोको नम्बर आवश्यक पर्ने हुँदा जिल्ला प्रशासन कार्यालयमार्फत उक्त नम्बर लिई राहदानी विभागको वेबसाइटमा गई आवेदन दिनुपर्छ । विद्युतीय राहदानी सेवा सुदूरपश्चिम प्रदेशको हाल दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै लागू गरिएको छ । सो सेवा हाललाई जिल्लाभित्रका स्थायी बासिन्दाले मात्रै प्रयोग गर्न पाउने छन् । कैलाली जिल्ला प्रशासन कार्यालयले आइतबारबाट विद्युतीय राहदानी सेवा सञ्चालनमा ल्याएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.